निर्माण कार्य पुरा भएसङै मनाङको बाटो सुचारु



 

तिमाङ छहारा खोलाको निर्माण कार्य पुरा भै हिजोबाट खुल्ला गरिएको छ।


१३ चैत्र २०७८

मनाङमा काठेपुल हट्दै

मनाङ पुग्न अहिले पनि काठे पुलकै भर पर्नुपर्छ । बेंसीसहर–चामे सडक ६५ किलोमिटरमध्ये ३० किमि मनाङ खण्डमा यस्ता काठका कयाै‌ं पुल छन् । अब भने यस्ता पुल हट्ने भएका छन् ।

 

ढलान गर्नु भन्दा अगाडी बेशीशहर – चामे सडक खण्डमा रहेको तिमाङ झरनाको पुल

 

मनाङका खोलामा रहेका काठका पुल हटाएर बेलिब्रिज निर्माण गरिएको हाे । स्याल्क्यु खोलामा निर्माण गरिएको बेलिब्रिज गत ३१ जेठमा आएकाे भिषण वर्षापछिको बाढीले बगाएको थियाे । चामेको घट्टेखोलाको स्ल्याब, कल्भर्ट, पुल, माडाखोलाको काठेपुल पनि बगाएको छ ।

 

तर, केही दिनअघि मात्रै तिमाङ छहराको दुई ठाउँमा काठेपुल विस्थापन गरी स्ल्याब ढलान गरेर पक्की पुल निर्माण गरिएको छ । नासों–९ दानक्यु र चामे गाउँपालिका–१ तिमाङको तल्लो क्षेत्रको तिमाङ छहरामा उक्त कल्भर्ट पुल निर्माण गरिएको हो । डुम्रे-बेंसीसहर-चामे सडक योजना प्रमुख इन्जिनियर अच्युतविलास पन्तले तिमाङ छहराको दुई ठाउँमा काठेपुल हटाएर स्ल्याब कल्भर्ट पुल निर्माण गरिएको बताए ।

 

कार्यालयका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले तल्लो तिमाङ स्ल्याब कल्भर्ट पुल भ्याट र कन्टिनजेन्सीसहित ११ लाख ८५ हजार पाँच सय ३९ रुपैयाँ ५१ पैसा र माथिल्लो तिमाङ स्ल्याब कल्भर्ट १९ लाख ९४ हजार तीन सय ७२ रुपैयाँमा निर्माण गरिएको हो । दुवै कल्भर्ट पुल ग्याल्सुम्दो कन्स्ट्रक्सन एन्ड सप्लायर्सले निर्माण गरेको हो । कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले कल्भर्ट पुल निर्माणपछि दैनिक मनाङ आवतजावत गर्ने सवारीसाधनलाई सहज हुने बताए ।

 

चामेबाट तल मनाङ खण्डमा मात्रै ६ ठाउँमा काठेपुल छ । दानाक्यु खोला र चामेको घट्टेखोलामा स्ल्याब बगाएको ठाउँमा बेलिब्रिज राख्नका लागि प्रक्रियाअघि बढेको उनले बताए । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बाढीपहिरोका कारण बगाएको सडकपुलको मर्मत तथा पुनःस्थापना गरिनुपर्ने बताए । उनका अनुसार नासोंको दानक्युखोला, थान्चोकको स्यार्कुखोला, तिमाङको स्याल्क्युखोला लगायत ठाउँमा अहिले पनि काठेपुल छ ।


१६ फाल्गुन २०७८

काठेपुलको राजमार्ग !

सडक डिभिजन कार्यालय दमौली अन्तर्गत रहेको डुम्रे – बेशिसहर – चामे सडकखण्ड १०७ किलोमिटर लामो छ । डुम्रे–बेंसीसहर सडक ४२ किलोमिटरको छ । तनहुँको डुम्रेदेखि लमजुङ सीमा पाउँदीसम्म २४ किलोमिटर छ, भने बाँकी १८ कि मि सडक लम्जुङ जिल्लामा पर्छ । बेशिसहर-चामे सडक खण्ड लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर गरी कूल ६५ किलोमिटरको लामो छ । मर्स्याङ्दी नदीबाट ३०० देखि एक हजार ६०० फिट माथि हुँदै सडक निर्माण भएको छ ।

 

 

हिमाली जिल्ला मनाङलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप वि.सं २०५१ देखि सडक डिभिजन कार्यालय दमौलीले निर्माण शुरु गरेको थियो । योजना कार्यान्वयन भएसँगै माओवादी सशस्त्र द्वन्द्व शुरु भयो । योसँगै अन्य विविध कारणले अवरुद्ध भएको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । वि.सं २०५७ मा सेनाले सडक निर्माणको जिम्मा पाएर काम अघि बढाएर विसं २०६९ मा सम्पन्न गरेर सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । सवारी चढ्ने मनाङवासीको सपना सडक निर्माण शुरु भएको १८ वर्षपछि मात्रै बेँसीशहर–चामे सडकखण्ड निर्माण पूरा भएको थियो ।

 

तनहुँको डुम्रेबाट २०२९ मा खन्न सुरु गरिएको सडक बेंसीसहरको ४२ किलोमिटरसम्म पुर्‍याउन साढे एक दशक लागेको थियो । २०४६ मा ट्र्याक खुलेकामा २०५२ देखि सिंगल लेनको कालोपत्र थालिएको थियो । ४ वर्षमा ४२ किलोमिटर सडकको कालोपत्र भएपछि तत्कालीन निर्माण तथा यातायातमन्त्री ओमकार श्रेष्ठले उद्घाटन गरेका थिए । उक्त सडक निर्माणयता स्तरोन्नति हुन नसकेको जिल्ला विकास समितिका पूर्वसभापतिसमेत रहेका पूर्वसांसद जमिन्द्रमान घलेले बताए । तत्कालिन अर्थमन्त्री विष्णु पौडेलको पालामा डुम्रे- बेसिशहर सडक खण्ड ४ लेनको बनाउने योजना लाई ५ अरब ६८ करोड रुपैया विनियोजन गरिएको थियो । यही योजना अनुसार हाल यो सडक खण्ड विस्तार भैईरहेको छ ।

 

डुम्रे–बेँसीशहर सडक दुई लेनको

 

 

२०७८ जेठ र असारमा आएको अभिरल वर्षा, वाढी र पहिरो पछी प्रारम्भिक अनुमान अनुसार मनाङका सडकमा मात्र ३० करोड भन्दा वढीको क्षती भएको सडक विभागले आँकलन गरेको थियो । असोज ३० देखी देशैभर परेको अभिरल वर्षा का कारण वेशिसहर- चामे-खाङसार सडक खण्डमा रहेको २ वोटा अस्थायी मोटरेवल काठेपुल सहित सानो ठूलो पहिरोका कारण विभिन्न १२ ठाउँमा क्षति पुगेको थियो ।

 

 

मनाङमा विपद्ले निम्त्याएको दुःख; ५९ घर पूर्ण क्षति, ५४ किलोमिटर सडक क्षतबिक्षत

 

झण्डै ५४ किलोमिटर सडक बाढी र पहिरोले भत्काएको थियो । अविरल वर्षासंगै आएको बाढी र पहिरोले मनाङको चामेमा रहेको पुल भत्किने जोखिममा थियो ।

 

चामेको पुल बचाउन जिल्ला देखी मन्त्रालयसम्मको पहल

 

तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ्ग, प्रतिनीधिसभाका सदस्य पोल्देन छोपाङ गुरुङ, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल, नेपाली सेनाका प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापा सहभागी वैठकले वेसिशहर – चामे – खाङ्सार सडक खण्डमा भएको क्षतिको विस्तृत अध्ययन गर्न नेपाली सेना र सडक विभागको प्राविधिक टोली पठाउने निर्णय गरेको थियो ।

 

अवरुद्ध बेसीशहर-चामे सडक अध्ययन गर्न नेपाली सेना र सडक विभागको प्राविधिक टोली

 

बेँसीशहर–चामे सडकको नयाँ ट्र्याक खोल्ने कार्य गर्नेसमेत गरेका नेपाली सेनाका महासेनानी इञ्जिनीयर इन्दीवर गुरुङ, अन्य प्राविधिक टोली, प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने, जिल्लाका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास खड्का आदीले प्राविधिक निरिक्षण गरेका थिए ।

 

 

सैनिक प्राविधिकको टोली सडक निरिक्षणको क्रममा मनाङ निस्याङ गा.पा.को भ्राताङमा

 

बाढी पहीरोको कारण क्षती भएको सडक करिब चार महीनामा पुर्णरुपमा सञ्चालनमा आएको थियो ।

 

“अब मनाङ सडक सन्जाल द्वारा सारा नेपाल सँग पहुचमा पुगेको छ “- प्रतीनिधी सभा सदस्य पोल्देन छोपाङ गुरुङ

 

 

प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुले सामाजिक उत्तरदायित्व वहन गर्दै बाटो खुलाउन नेतृत्व गरेको व ता उँदै भनेका थिए, ‘यो बाटो मनाङको लाईफलाईन हो । बाटो नखुल्दा दैनिक उपभोग्य सामाग्री र बिरामीलाई अस्पताल पुर्याउन अप्ठेरो थियो, उनले भने, ‘केन्द्र र प्रदेश सरकारले कुनै बजेट विनियोजन नगरेकाले गाउँपालिका र मेरो वुवा आमाको फाण्डेशनले आर्थिक व्यवस्थापन गरेर आज बाटो खोल्न सफल भएका छौ ।’

 

मनाङमा वाढी पहिरो ले अवरुद्ध गरेको सडक खुल्यो

 

विश्व-प्रख्यात पदमार्गको रुपमा स्थापना भएको अन्नपूर्ण पदमार्गमा तव भने, वैकल्पिक मार्ग निर्माण गरेर तथा भात्किएको वाटो पुन : निर्माण गरेर मोटर बाटो सुचारु भएको थियो ।

 

अब सम्भव छ – मोटरबाईकमा खाङ्सार अनि तिलिचो पदयात्रा

 

यसघी पनि यो सडक स्तरउन्नती गर्न स्थानियले सरकार लाई पटक पटक आग्रह गर्दै आएका थिए ।

 

बेँसीशहर–चामे सडकको स्तरोन्नति गर्न प्रधानमन्त्रीलाई आग्रह

 

सडक नहुँदा निक्कै सास्ती भोग्नु पर्ने भएकाले सडक निर्माण र यतायात खुलाउने कुरामा स्थानिय हरु निकै अग्रसर हुने गरेका छन ।

 

मनाङको सडकमा ठेकेदारको लापरवाहि; ५५% कममा ठेक्का, वडाध्यक्ष भन्छन “काम नै भएन”

 

 

कार्तिक ११, गते तिमाङ झरनामा काठको पुल मर्मत सम्पन्न भएसँगै बेशिसहर-चामे- खाङसार सडक पूर्णरूपमा सुचारू भएको जानकारी जिल्ला प्रसाशन कार्यलय मनाङले दिएको थियो । जिल्ला स्थित सुरक्षा निकाय हरु; नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल ले बाटो खुलाउन महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए ।

 

यसै साता नासोँ गाउँपालिका –९ स्थित तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले दुई ठाउँमा कल्भर्ट निर्माण गर्न लागि बेंसीसहर–चामे सडकखण्ड फागुन २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द हुने मनाङ प्रशासनले जनाएको छ। यो संगै मनाङका अरु स्थानमा पनि काठको आस्थाई पुलको सट्टा पक्की पुलहरुको निर्माण तदरुपकता साथ अघी बढाउनु पर्ने देखिन्छ ।

Comments Box