चिन्डेडाँडामा रमिता

  धरान उपमहानगरपालिका–२० मा अवस्थित चिन्डेडाँडा (रमितेडाँडा)मा गर्मीयामसँगै आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा वृद्धि भएको छ।   धरान बजार, इटहरी, चारकोसे झाडी तथा तराईका विभिन्न ठाउँको रमणीय दृश्यावलोकन गर्न सकिने यो डाँडा पछिल्लो समय पूर्वी नेपालकै चर्चित पर्यटकीय केन्द्रसँगै हाइकिङ गन्तव्यका रूपमा विकास हुँदै गएको छ।   गर्मीको समयमा साथीभाइ वा परिवारसहित घुम्न र हाइकिङ […]

गाउँ विकासको भर सामुदायिक वन

  अर्घाखाँचीमा सामुदायिक वनहरूले विकास निर्माणका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। ती सामुदायिक वनहरूले आफ्नो आम्दानीबाट विकास निर्माणका काम गर्न सक्षम भएको उदाहरण प्रस्तुत गरेका छन्। सामुदायिक वनले विभित्र प्रकारका रोजगारी सिर्जना गरेपछि वैदेशिक रोजगारीबाट समेत युवाहरू फर्केर गाउँमा काम गर्न थालेका छन्। शितगङ्गा–११ मा रहेको गैँडे सामुदायिक वनले घाट गद्दी व्यवस्थापन, खोलमा तटबन्ध […]

दुई हजार वर्ष पहिले खोपेर बनाइएका ढाक्मरका गुफा

  मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमी गाउँ नजिकको सडकमा राताम्मे छिद्रैछिद्र प्वालहरू भएको पहाड देख्न सकिन्छ। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाका रूपमा रहेको जोमसोम–कोरला राजमार्गअन्तर्गत उपल्लो मुस्ताङको यो राताम्मे पहाड यहाँको लोघेकर दामोदरकुण्ड–२ ढाक्मर गाउँ नजिकै अवस्थित छ।   पहाड प्राकृतिक रूपमा आफैँ राताम्मे भएको अनुमान गरिए पनि ढाक्मर पहाड राताम्मे हुनुको कारण धार्मिक किंवदन्तीसँग […]

बेँसीसहर-चामे सडक राति बन्द

  लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा असार २४ गते रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। मङ्गलबार जिल्ला सुरक्षा समिति लमजुङको बैठकले बर्खायाममा यात्रा जोखिमपूर्ण रहेको निष्कर्ष निकाल्दै आजदेखि साउन महिनाभर  बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको हो। प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार सो समयमा अत्यावश्यक बाहेकका […]

प्रकृति रिसोर्टले पायो, प्रतिष्ठित ‘ट्राभललाइभ अवार्ड’

  दिगो पर्यटनमा योगदान गरेको भन्दै प्रकृति रिसोर्ट एन्ड अर्ग्यानिक फार्म बेलायतको प्रतिष्ठित ‘ट्राभललाइभ’ प्रमाणीकरण भएको छ।   सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका हैबुङ–३ मा रहेको प्रकृति रिसोर्ट एन्ड अर्ग्यानिक फार्मलाई वातावरणमैत्री पूर्वाधार विकास, अर्ग्यानिक खेती, शून्य फोहोर व्यवस्थापन र सामुदायिक समावेशीकरणमा आधारित भएको भन्दै ट्राभललाइभ प्रमाणीकरण प्रदान गरिएको हो। नेपाल पर्यटन बोर्डमा असार २४ गते एक […]

साम्बाको सम्मानबाट निम्त्याइएका पर्यटक

  फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को सम्मानमा नामकरण गरिएको साम्बा चोक यतिबेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको छ। लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ खुदीपुल वारिको क्षेत्रलाई ‘साम्बा’ चोक नामकरण गरेसँगै यतिबेला पर्यटकको नयाँ र मुख्य गन्तव्य बन्न थालेको हो।   मर्स्याङ्दी गाउँपालिकाले सावित्राको फोटोको होर्डिङबोर्ड बनाएर स्तम्भ स्थापना गर्दै सो क्षेत्रलाई  साम्बा चोक नामकरण गरेसँगै यतिबेला पर्यटकको […]

हात्ती जोगाउने की मान्छे?

  गत बिहीबार झापाको बिर्तामोड–७ फक्तालुङमा शौचालय जान निस्किएको बेला ५९ वर्षीय लोकप्रसाद लिम्बूको हात्तीको आक्रमणबाट आँगनमै ज्यान गयो। अचानक आएको हात्तीले किच्दा घटनास्थलमा नै लिम्बूको मृत्यु भएको थियो।   यसैगरी, गत जेठ २० गते कमल–३ रतुवामाई वृक्षरोपणका क्रममा जङ्गलमा करेन्ट लागेर जङ्गली हात्तीको मृत्यु भयो। हात्तीले विद्युत् पोलमा धक्का दिँदा उसलाई करेन्ट लागेको थियो। […]

धनगढी सरर्र

  पछिल्ला वर्षमा सडक पूर्वाधार स्तरोन्नति हुँदा धनगढी सहरको स्वरूप फेरिन थालेको छ। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका  मुख्य र शाखा सडक स्तरोन्नति पूरा हुने चरणमा छ । व्यवस्थित एवं आकर्षक सहरको रूपमा विकास गर्न क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत विभिन्न सडकखण्डका करिब १० किलोमिटर सडक पक्की नालीसहित स्तरोन्नति गरिएको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा […]

पञ्चैबाजासहित स्वागतको तयारीमा ह्याङ्जाकोट

  बर्खायाम सुरु भएको अनुभूति हुने गरी झ्याइझ्याइ कीराको आवाज। भरखरै रोपिएको धानखेतका आलीको माथिल्लो भागसम्म टिलपिल्लै पानी। आँखै अगाडि सेताम्मे हिमाल, दक्षिणतर्फ पोखरा बजारको दृष्यसँगै वरपर हरियाली जङ्गल। त्यहाँ पुग्ने जो कोहीको मन आनन्दित नहुने त कुरै भएन।   हिमालको चिसो हावाले शरीर नै सितलो बनाउने। त्यसैमा यहाँको शान्त वातावरण, थप मनमोहक छ। कास्कीको […]

सरोज खालिङको फार्ममा २७ सय ड्रागन फ्रुटका बोट, ग्राहक पुग्छन् घरमै

  खोटाङको रावाबेँसी गाउँपालिका–६ हौँचुरका सरोज खालिङ राई रोजगारीको खोजीमा सन् २००९ मा युएई (युनाइटेड अरब इमिरेड्स) दुबाई पुग्नुभएको थियो। तीन वर्ष अर्काको देश (दुबाई)मा श्रम र पसिना बगाउनुभएका सरोजले धेरै अनुभव र थोरै पैसा लिएर सन् २०१२ मा स्वदेश नेपाल फर्कनुभयो।   मेनपावर कम्पनीमा बुझाएको धरौटी रकम फिर्ता गरेर केही रकम बचत गर्नुभएका सरोज […]