नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहनुभएका क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन सुरू गरिएको छ। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरमा जन्मिनुभएका क्रिकेटर लामिछानेको सम्मानमा सोही वडाको थाप्लेमा गाउँपालिकाले रङ्गशाला बनाउन सुरू गरेको हो। गाउँपालिका कार्यालयको लगानी तथा अगुवाइमा स्थानीयहरूको जनश्रमदानसहित रङ्गशाला निर्माण सुरू भएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो। डाँडाको टुप्पो तर समथर […]
टिकटक बन्द गर्न नमान्ने छोरीको हत्या
एक पाकिस्तानीले टिकटकमा आफ्नो खाता बन्द गर्न नमानेपछि आफ्नी छोरीलाई गोली हानेर हत्या गरेको पाकिस्तान प्रहरीले शुक्रबार जनाएको छ। मुस्लिम बहुलता भएको देशमा सार्वजनिक रूपमा व्यवहार गर्ने कडा नियमहरू पालना नगरेमा महिलाहरू परिवारका सदस्यहरूबाट हिंसाको शिकार हुन सक्छन्। यसमा अनलाइन स्पेसहरू पनि समावेश छन्। “केटीका बुबाले उनलाई आफ्नो टिकटक खाता बन्द गर्न […]
आयुर्वेदप्रतिको आकर्षण महिलामा बढी
चितवनको रत्ननगरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा एक लाख सात हजार ४३९ पटक स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ । यही असार २८ गते शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक विवरणअनुसार अस्पतालको बहिरङ्ग (ओपीडी) सेवाबाट ४४ हजार ९७२ जनाले सेवा लिएका छन् भने अल्ट्रासाउन्ड सेवा ५३ जना र […]
सीताको नाममा प्रचण्डको एक दिन मानवसेवा आश्रममा
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी दिवङ्गत श्रीमती सीता दाहालको दोस्रो स्मृति दिवसका दिन मानवसेवा आश्रम काठमाडौँको रानीवन सेवा केन्द्रमा पुगेर जीवनसाथी दाहाललाई स्मरण गर्नुभएको छ। उहाँले पत्नी सीताको स्मृतिलाई दिगो राख्न र सबैलाई यस्तो कार्यले प्रेरणा मिलोस् भन्ने उद्देश्यले आश्रममा आश्रितहरूका साथमा यस दिनलाई समर्पण गरेको […]
इतिहासमा पहिलो पटक पाटनमा २ वर्ष नाघेका शून्य मुद्दा
उच्च अदालत पाटनले पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा पुर्याउन सफल भएको छ। चालु आर्थिक वर्ष सुरु हुँदा दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या ४०७ थान रहेकामा हाल सबै मुद्दा फर्छ्यौट गरी उच्च अदालत पाटनको इतिहासमा दुईवर्षे मुद्दा पहिलो पटक शून्यमा झार्न सफल भएको जनाइएको छ। अदालतमा चालु आर्थिक वर्षका १८ महिना नाघेका मुद्दा २२ […]
निर्बाध चलाइन्छ नक्कली क्लिनिक, नियमन सुरु
सिरहाको लहान क्षेत्रमा दर्ताबिना सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिकप्रति गुनासो बढ्दै गएपछि इलाका प्रशासन कार्यालय लहानले नियमन अभियान सुरू गरेको छ। मङ्गलबारदेखि सुरू गरिएको अनुगमनमा लहान नगरपालिका स्वास्थ्य शाखा र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि सहभागी थिए। अनुगमनका क्रममा लहान–३ स्थित हस्पिटल चोकमा रहेको ‘विन्धवासिनी क्लिनिक’ ले कुनै प्रकारको कानुनी प्रक्रिया पूरा नगरेको, […]
त्रिविका नयाँ उपकुलपतिको सपथ
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले असार २५ गते पद तथा गोपनीयताको सपथ लिनुभएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालले सपथ लिनुभएको हो। कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी हुनुहुन्थ्यो। कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस […]
दुई हजार वर्ष पहिले खोपेर बनाइएका ढाक्मरका गुफा
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमी गाउँ नजिकको सडकमा राताम्मे छिद्रैछिद्र प्वालहरू भएको पहाड देख्न सकिन्छ। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाका रूपमा रहेको जोमसोम–कोरला राजमार्गअन्तर्गत उपल्लो मुस्ताङको यो राताम्मे पहाड यहाँको लोघेकर दामोदरकुण्ड–२ ढाक्मर गाउँ नजिकै अवस्थित छ। पहाड प्राकृतिक रूपमा आफैँ राताम्मे भएको अनुमान गरिए पनि ढाक्मर पहाड राताम्मे हुनुको कारण धार्मिक किंवदन्तीसँग […]
प्रकृति रिसोर्टले पायो, प्रतिष्ठित ‘ट्राभललाइभ अवार्ड’
दिगो पर्यटनमा योगदान गरेको भन्दै प्रकृति रिसोर्ट एन्ड अर्ग्यानिक फार्म बेलायतको प्रतिष्ठित ‘ट्राभललाइभ’ प्रमाणीकरण भएको छ। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका हैबुङ–३ मा रहेको प्रकृति रिसोर्ट एन्ड अर्ग्यानिक फार्मलाई वातावरणमैत्री पूर्वाधार विकास, अर्ग्यानिक खेती, शून्य फोहोर व्यवस्थापन र सामुदायिक समावेशीकरणमा आधारित भएको भन्दै ट्राभललाइभ प्रमाणीकरण प्रदान गरिएको हो। नेपाल पर्यटन बोर्डमा असार २४ गते एक […]
साम्बाको सम्मानबाट निम्त्याइएका पर्यटक
फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को सम्मानमा नामकरण गरिएको साम्बा चोक यतिबेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको छ। लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ खुदीपुल वारिको क्षेत्रलाई ‘साम्बा’ चोक नामकरण गरेसँगै यतिबेला पर्यटकको नयाँ र मुख्य गन्तव्य बन्न थालेको हो। मर्स्याङ्दी गाउँपालिकाले सावित्राको फोटोको होर्डिङबोर्ड बनाएर स्तम्भ स्थापना गर्दै सो क्षेत्रलाई साम्बा चोक नामकरण गरेसँगै यतिबेला पर्यटकको […]