नाच्न थाले कैलालीका नदीमा डल्फिन

पछिल्लो समय वर्षा भएसँगै कैलालीका नदीमा पानीको सतह बढ्न थालेपछि डल्फिन देखिन थालेका छन्। कैलाली जिल्लाको टीकापुर र भजनी नगरपालिकाको नदी तटीय क्षेत्रमा डल्फिन देखिन थालेका हुन्।   डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले डल्फिन संरक्षण केन्द्र आसपासका क्षेत्रमा एउटा बच्चासहित चार वटा डल्फिन देखिएका जानकारी दिनुभयो। “मनसुन लागेपछि नदीहरूमा पानीको सतह बढिरहेको छ। नदीमा जलस्तर बढेपछि […]

पश्चिम नेपालको दुःख- समयमा नबनेको १४ किलोमिटर बाटो

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट आवतजावत गर्न समस्या भएको छ। वर्षासँगै बढेको विनयी खोलाको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे हुँदा नारायणगढ–बुटवल खण्ड चार दिनदेखि ठप्प छ। यात्रु, सवारी चालक र सर्वसाधारणले अत्यन्त कठिन परिस्थितिको सामना गरिरहेका छन्।   बिहीबार राति काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ४०८५ नम्बरको यात्रुवाहक बस […]

शिक्षा र स्वास्थ्य क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त गर्नुपर्छ : मुख्यमन्त्री यादव

महेन्द्रनगर । मुख्यमन्त्री सरोजकुमार यादवले विकास–निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त गर्नुपर्नेमा जोड दिएका छन् । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज जनकपुरधाममा आयोजित तेस्रो वार्षिक समारोहमा मुख्यमन्त्री यादवले शिक्षा, स्वास्थ्यजस्ता विकासका आधारभूत संरचनामा दलीय राजनीति अनुपयुक्त हुने भन्दै विकास–निर्माणका कामका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।   यसअघि प्रदेशमा बजेटको […]

रेडपान्डाको बासस्थान सङ्कटमा

मङ्गलबार दिउँसो जाजरकोट कुशे गाउँपालिका–९ पैङ्क गाउँमा रेडपान्डा भेटियो । स्थानीयवासीको सहयोगमा सो रेडपान्डा  प्रहरीलाई जिम्मा लगाइयो । प्रहरी चौकी पैङ्कलाई जिम्मा लगाएको रेडपाण्डा केही समयमै मृत्यु भएको खबर सार्वजनिक भयो ।   बाटोमै रेडपान्डा मरेपछि जिउँदो बुझाउने प्रयास असफल भएको जाजरकोटका प्रहरी प्रमुख सन्तोष निरौलाले जानकारी दिए । बाक्लो निगालो हुने ठाउँबाट रेडपान्डा गाउँमा […]

उपल्लो डोल्पाको स्वास्थ्य सेवा : आम्ची र भगवान् भरोसा

सुर्खेत, १६ कात्तिक: उपल्लो डोल्पाका सर्वसाधारणको उपचार सेवा आम्चीको भरमा चल्दै आएको छ । तीन वटा पालिकामा कार्यरत रहेका स्वास्थ्यकर्मीले नियमित सेवा नदिने भएकाले आम्चीको भरमा यहाँका सर्वसाधारणको उपचार हुँदै आएको हो ।   शे फोक्सुण्डो गाउँपालिकाले आम्चीको सेवा प्रवाह सम्बन्धी कार्यविधि नै कार्यपालिकाको बैठकबाट पास गरेको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले जानकारी दिए । […]

विपद्ले बर्सेनि पीडा थपिरहन्छ तिलावासीलाई

जुम्ला – पोहोर सालको क्षतिको पीडा नसकिँदै यस वर्ष पनि तिला गाउँपालिका-४ जुम्लावासीलाई विपद्ले अझ बढी पीडा थपेको छ। विसं २०७८ असोज ३०, ३१ र कात्तिक १ गतेसम्मको अविरल वर्षापछि आएको बाढीले यहाँका घरतली, तडा, नारा, गाडापारी, बुँगारा, सिमज्यूला लगाइएको सयौँ मुरी अन्नबाली क्षति गर्‍यो।   उक्त बाढीले धानबालीमा मात्र क्षति गरेन, वर्षौँदेखि उपभोग गर्दै […]

शिलालेखमा पुरानै वडाध्यक्षकाे नाम भएकाे भन्दै वडा अध्यक्षले कार्यालय भवन लिन मानेनन्

बैतडी, ३० असार: बैतडीको पाटन नगरपालिका वडा न.१०को नव निर्मित वडा कार्यालय भवन वडाअध्यक्षले  बुझ्न मानेका छैनन् । भवन निर्माण सम्पन्न भएपछि निर्माण व्यवसायीले वडालाई हस्तान्तरण गर्न खोज्दा वडाअध्यक्ष धनबहादुर कुँवरले उक्त भवन बुझ्न अस्विकार गरेका हुन् ।   निर्वतमान वडा पदाधिकारीहरुले आफ्नो कार्यकालमा भवन बनेको भन्दै शिलालेख राखेका कारण नवनिर्वाचित अध्यक्षले बुझ्न नमानेकाे भवन निर्माण कम्पनी  एसके निर्माण […]

जब असार २४ गते दिनभरी भुक्तानी सिस्टम चलेन …

सुर्खेत, २८ असार: सिस्टम चल्न नसक्दा दर्जनौं योजनाहरूको भुक्तानी नपाएपछि उपभोक्ता मारमा परेका छन् । कर्णाली प्रदेश सरकार मतहतका जिल्ला कार्यालयहरूले काम गरेर सम्पन्न भएका योजनाहरूको भुक्तानी दिन नसकेको बताएका हुन् ।   असार २५ गतेसम्म मात्र सिस्टम चल्ने भन्दै परिपत्र भए पनि २४ गते दिनभरी सिस्टम नचल्दा आफूहरूले उपभोक्ताको काम गरेको रकम भुक्तानी दिन […]

शे–फोक्सुन्डो गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार निर्विरोध

डोल्पा जिल्लाको शे–फोक्सुन्डो गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षमा धावासम्डुक लामाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन् ।   अध्यक्षमा लामासहित गाउँपालिकामा प्यानल नै निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा छार्काताङ्सोङ लामा निर्वाचित भएका छन् । उनी नेकपा एसका हुन् । गाउँपलिकाको १ नम्बर वडाध्यक्षमा जिक्मेछोइङ लामा, ३ नम्बर वडाध्यक्षमा पेमागिर्मे गुरुङ, ५ नम्बर वडाध्यक्षमा कार्मातार्के […]

कर्णाली मन्त्रिपरिषद् समावेशी नभएको जनाउँदै अदालतमा रिट

कर्णाली प्रदेश मन्त्रिपरिषद् समावेशी नभएको जनाउँदै उच्च अदालत सुर्खेतमा रिट दर्ता भएको छ । नेपालको संविधानको १६८ (९) बमोजिम समावेशी सिद्धान्त विपरीत मन्त्रिपरिषद् गठन भएको भन्दै अधिवक्ता शेरबहादुर खत्री र अधिकारकर्मी टीका विष्टले आज उच्च अदालतमा रिट दायर गर्नुभएको हो ।     मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार संविधान १६८ (९) र १७० (१) बमोजिम मन्त्री […]