चुनावमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई कांग्रेसको कारबाही

  नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गर्ने २६ नेता तथा कार्यकर्तालाई सचेत गराएको छ।   पार्टीको केन्द्रीय अनुशासन समितिको यही असार ९ देखि १७ गतेसम्म बसेको बैठकले पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको भनी प्राप्त हुनआएका उजुरीका आधारमा सचेत […]

पूर्वमन्त्री कुमार खड्का कांग्रेसको साधारण सदस्यबाट निष्कासित

काठमाडौं — नेपाली कांग्रेसले पूर्वमन्त्री कुमार खड्कालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी एक वर्षका लागि निष्कासन गरेको छ। २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारको विपक्षमा गतिविधि गरेको ठहर गर्दै कांग्रेसले उनलाई अनुशासनको कारबाहीस्वरूप निष्कासित गरेको हो। गण्डकी प्रदेशका सांसद तथा सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले खड्काविरुद्ध उजुरी दिएका थिए। सो उजुरीका आधारमा […]

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल एक वर्षका लागि पार्टीबाट निष्कासन

काठमाडौं  । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश समितिका महामन्त्री विक्रम खनाललाई पार्टीको सदस्यता निलम्बन गर्दै एक वर्षका लागि निष्कासन गरेको छ। २०७९ को निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको ठहरपछि केन्द्रीय अनुशासन समितिले उनलाई कारबाही गरेको हो। समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पठाएको पत्रमार्फत निष्कासनको जानकारी गराइएको छ। अनुशासन समितिको पत्रमा भनिएको […]

क्रियाशील सदस्यता असोज मसान्तसम्म पेस नगरे मान्य नहुने

  नेपाली कांग्रेसले संविधान संशोधनका विषयलाई सार्थक निष्कर्षमा पुर्‍याउन कार्यदल गठन गर्ने भएको छ। उक्त कार्यदलले पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल गर्नेछ।   कार्यदलले संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरू, संविधान निर्माणमा योगदान गरेका विज्ञ, विशेषज्ञ एवं सरोकार भएका नागरिक समाजसँग संवाद गर्ने कांग्रेसले निर्णय गरेको छ।   कांग्रेस केन्द्रीय कार्यसमितिको यही असार १६ देखि […]

‘कुलिङ पिरियड’ सम्बन्धी गडबडी छानबिन गर्न ७ सदस्यीय समिति गठन, संयोजकमा जीवन परियार

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा प्रस्तावित ‘कुलिङ पिरियड’ व्यवस्था सम्बन्धी गम्भीर विवाद उठेपछि त्यसको छानबिनका लागि प्रतिनिधि सभाले विशेष समिति गठन गरेको छ । सभामुख देवराज घिमिरेले सोमबारको बैठकमा ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा गरेका हुन् । उनले पेश गरेको समिति गठनसम्बन्धी प्रस्तावलाई प्रतिनिधि सभाको बैठकले सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको संयोजक नेपाली कांग्रेसका […]

नयाँ कर्मचारीलाई छैन पेन्सन र उपदान

  सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने भएको छ। पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागु गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ।   अर्थले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सबै सार्वजनिक सबंस्थान, बोर्ड समिति, प्रतिष्ठानलाई पत्राचार गरेर योगदानमा आधारित सामाजिक […]

समतामूलक समाज निर्माणका लागि सङ्घीयताः पृथ्वी सुब्बा गुरुङ

“सङ्घीय व्यवस्थाअनुसार प्रदेश र स्थानीय तहको निर्वाचन नभए विद्रोह हुन्छ” सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सङ्घीयता, समानुपातिक र समावेशी प्रणालीलाई निरुत्साहित गरिएमा जनता अन्यायमा पर्ने बताउनुभएको छ।   ललितपुरको गोदावरीमा असार २० गते आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय पदाधिकारी एवं सचिवालयको विस्तारित बैठकलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले नारामा मात्रै ‘समृद्ध नेपाल सुखी […]

बस्नेतको आरोपप्रति महामन्त्री थापाको टिप्पणी “फोहोर चलाएर फोहोरी बन्दिन!”

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहन बस्नेतले आफूमाथि लगाएको आरोपलाई “गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित” फोहोरको संज्ञा दिएका छन्। थापाले केन्द्रीय समिति बैठकमा बस्नेतले आफूमाथि लगाएको आरोपलाई खारेज गर्दै भनेका छन् — “फोहोर चलाएर म फोहोरी बन्न चाहन्न।”   टेरामाक्स प्रकरणमा मुछिँएर धरौटीमा छुटेका मोहन बस्नेतले […]

पूर्वराष्ट्रपति भण्डारीले आफूले पाउँदै आएको सम्पूर्ण सरकारी सुविधा त्यागिन्

काठमाडौं ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यबाट आफूले प्राप्त गर्दै आएको सम्पूर्ण सेवा-सुविधा फिर्ता गर्ने घोषणा गरेकी छन्। उनले आज, बुधबारदेखि नै लागू हुने गरी ती सुविधाहरू नलिने निर्णय गरेकी हुन्। भण्डारीको सचिवालयले सुविधा फिर्ता लिने सम्बन्धी औपचारिक निवेदन गृह मन्त्रालयमा पठाइसकेको छ। उनी निकट स्रोतले दिएको जानकारीअनुसार, पूर्वराष्ट्रपतिको हैसियतमा कानुनबमोजिम प्राप्त हुने सबै सुविधा फिर्ता […]

नेतृत्वमाथि टिप्पणी गरेपछि झाँक्रीसँग पार्टीले माग्यो स्पष्टीकरण

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आफ्नी नेतृ रामकुमारी झाँक्रीसँग लिखित जवाफ मागेको छ। पार्टी नेतृत्व र अध्यक्ष माधवकुमार नेपालविरुद्ध दिएको सार्वजनिक अभिव्यक्तिका कारण उनलाई स्पष्टीकरण सोधिएको हो।   पार्टीको अनुशासन आयोगले झाँक्रीलाई तीन दिनको समय दिएर जवाफ पेस गर्न भनेको छ। गत शनिबार आयोजित एक कार्यक्रममा झाँक्रीले पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपालको नाम जोडिएको […]