वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाइमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टीगत गर्दै मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को असार २६ गते साँझको बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो। बैठकले सुक्खाग्रस्त मधेश […]
रसुवामा बाढीको कारण हिमताल विस्फोट
जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको जनाएकोे छ। विभागका बाढीविद् विनोद पराजुलीले ‘सुप्राग्लेशियल’ ताल फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो। “रसुवागढीस्थित नेपाल–चीन सीमाबाट करीब ३६ […]
जलवायुजन्य क्षति कम गर्न चीनसँग सहकार्य: मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि चीन सरकारसँग पनि समन्वय गर्नुपर्ने धारणा राख्नुभएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मनसुनजन्य विपद्को लागि पूर्वतयारी र व्यवस्थापनसम्बन्धी, २०८२ का सम्बन्धमा आज मन्त्रालयमा आयोजित छलफलमा मन्त्री खड्काले नेपालका अधिकाशं नदी चीनबाट बहने भएकाले बाढीपहिरोबाट हुने क्षति न्यूनीकरणका लागि चीनसँग सहकार्य […]
वनबाट आम्दानी हुन्छ भन्ने के थाहा?
कमजोर आर्थिक अवस्था भएका समुदायलाई कबुलियती वनले गोरखामा जीविकोपार्जनमा सहयोग पुर्याएको छ। गोरखाको कबुलियत वन समहूबाट यहाँको गण्डकी गाउँपालिकाका सयौँ घरधूरी लाभान्वित भएका छन्। गण्डकी गाउँपालिका–२ बिच्छेगैराकी चन्द्रमाया चेपाङले कबुलियत वन समूहमार्फत बाख्रापालन गर्दै आउनुभएको छ। उहाँ २०६२ सालदेखि कबुलियती वन समूहमा आबद्ध हुनुभएको हो। कबुलियती वन बन्नु अघि गाउँभरिका डाँडामा वनमारा थिए। […]
गाउँ विकासको भर सामुदायिक वन
अर्घाखाँचीमा सामुदायिक वनहरूले विकास निर्माणका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। ती सामुदायिक वनहरूले आफ्नो आम्दानीबाट विकास निर्माणका काम गर्न सक्षम भएको उदाहरण प्रस्तुत गरेका छन्। सामुदायिक वनले विभित्र प्रकारका रोजगारी सिर्जना गरेपछि वैदेशिक रोजगारीबाट समेत युवाहरू फर्केर गाउँमा काम गर्न थालेका छन्। शितगङ्गा–११ मा रहेको गैँडे सामुदायिक वनले घाट गद्दी व्यवस्थापन, खोलमा तटबन्ध […]
पानी नै नपर्ने मुस्ताङमा बाढी, ७ पुल बगायो
उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्याएको क्षतिको प्रारम्भिक अनुमानका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले त्यहाँ पुर्याएको क्षति यकिन गर्न बुधबार अनुगमन गरेका छन् […]
लोमान्थाङमा लेदोसहितको भीषण बाढी
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण बाढी आएको छ। आज साँझ ५ बजेदेखि लोमान्थाङको चुमजुङ लेकबाट भीषण लेदोसहितको बाढी आएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो। अहिलेसम्म चुमजुङ लेकबाट आएको भीषण बाढीका कारण लोमान्थाङ गाउँपालिकाभित्रका करिब चार वटाभन्दा बढी अस्थायी पुल र कल्र्भट बगाइसकेको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो। “यहाँको […]
हिमताल फुटेर आएको हो भोटेकोसीमा बाढी ?
जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको जानकारी दिएको छ। विभागले ठूलो वर्षा दुवै देशको आसपासमा नभए पनि बाढी आउनुको कारणबारे भने अध्ययन भइरहेको जनाएको छ। विभागका मौसमविद् सञ्जीव अधिकारीले पछिल्लो २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित […]
हात्ती जोगाउने की मान्छे?
गत बिहीबार झापाको बिर्तामोड–७ फक्तालुङमा शौचालय जान निस्किएको बेला ५९ वर्षीय लोकप्रसाद लिम्बूको हात्तीको आक्रमणबाट आँगनमै ज्यान गयो। अचानक आएको हात्तीले किच्दा घटनास्थलमा नै लिम्बूको मृत्यु भएको थियो। यसैगरी, गत जेठ २० गते कमल–३ रतुवामाई वृक्षरोपणका क्रममा जङ्गलमा करेन्ट लागेर जङ्गली हात्तीको मृत्यु भयो। हात्तीले विद्युत् पोलमा धक्का दिँदा उसलाई करेन्ट लागेको थियो। […]
प्रधानमन्त्रीको सचिवालयमा सुरुङमार्ग चिन्तन
टोखा–छहरे खोला सुरुङमार्ग निर्माण, नागढुङ्गा सुरुङमार्ग सञ्चालन र स्याफ्रुबेँसी–रसुवागढी सडक सुधारमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा असार २३ मा सरोकार भएका निकायबीच छलफल भएको छ। नयाँ आर्थिक वर्षको सुरुआतसँगै सडक पूर्वाधार निर्माणमा तीव्रता दिन र आउँदो दसैँ–तिहारलक्षित सवारी व्यवस्थापन सरल हुने गरी पूर्वाधार निर्माण र सुधारमा अहिलेदेखि गृहकार्य गर्न छलफल […]