मनाङमा सडक विभागद्वारा पहिलो पटक चिनियाँ प्रविधी प्रयोग गरी सडक ढलान



 

सडक विभागद्वारा पहिलो पटक गण्डकी प्रदेशको मनाङ जिल्लामा चिनियाँ प्रविधी प्रयोग गरेर सडक ढलान गरेको छ । डुम्रे–बेंसीसहर–चामे सडक योजनाका प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार ‘हालका लागी कारीब ४०० मिटर सडक ढलान गरिएको छ र यो प्रविधी परिक्षणको चरणमा नै रहेको छ ‘ ।

 

 

मनाङमा यस अघी नै यो चिनियाँ प्रविधी प्रयोग गरेर बाटो बनिसकेको र राम्रो नतिजा आएकाले, अहिले सरकारी स्तरबाट नै काम भएको आयोजना प्रमुख पन्तले बताए । आयोजना प्रमुख पन्त थपे, ‘अब यस कार्यको प्राविधिक, आर्थीक लगायतका सम्पुर्ण विवरण सडक विभाग हुँदै मन्त्रालय पुगेपछी , यो प्रविधीबाट ठेक्का लगाई काम गर्ने अवस्था बन्नेछ ।

 

नासों गाउंपालिका – १ तालका स्थानिय अन्द्रे गुरुङले भने, ‘सडक बन्ने वित्तिकै गाडी गुडाउन सहज हुने भएकाले यो प्रविधी मनाङ जस्ता कठिन भुगोल भई बाटो ढलानका बेला वैकल्पिक बाटो प्रयोग गर्न नसकिने ठाउँ हरुका लागी एकदम उपयोगि हुने देखिन्छ ।

 

‘यो प्रविधीबाट बाटो ढलान गर्दा पानी कम प्रयोग गरिन्छ, रोलर लगाईन्छ र कमप्याक्सन पछी अरु सतहमा नटासिने भएकाले हाल चलन चल्तीमा रहेको ढलान पछी हप्तौं कुर्नु पर्ने वाध्यता नहुने’ आयोजना प्रमुख पन्तले बताए ।

 

मनाङका सांसद पोल्देन छोपाङ गुरुङले यही वर्ष आफुले नै नेतृत्व गरेर भ्राताङको भिरमा ४५ दिनमा बाटो खुलाएको तर ७ वर्ष पहिले उक्त बाटो खुल्न १४ महिना भन्दा वढी समय लगाएको स्मरण गर्दै भने ‘मनाङको लाईफलाईनको रुपमा रहेको सडकमा नयाँ प्रविधीको प्रयोग गरी फटाफट काम हुनु अहिलेको आवस्यकता हो ।’ सांसद गुरुङले थप भने ‘नयाँ प्रविधि, दृड ईच्छाशक्ती सहित ईमान्दार भएर काम भए कठिन भुगोल भएपनि कम खर्चमा नै मनाङ विकास गर्ने सकिने कुरामा आफु निर्वाचित भएर आएपछी नै जोड दिन थालेको र फल-स्वरुप विकासको गती पनि बढेको छ’ ।

 

आयोजना प्रमुख पन्तले आफु मनाङको सडकको मुहार फेर्न कार्ययोजना सहित अघी वढेकाले डुम्रे-वेशीसहर-चामे सडकमा धेरै सुधार भएको र अझै तिब्र गतीमा काम अघी बढाउने योजना रहेको सुनाए ।

 

मनाङमा काठेपुल हट्दै

 


 

९ असार २०७८, बुधबार

अवरुद्ध बेसीशहर-चामे सडक अध्ययन गर्न नेपाली सेना र सडक विभागको प्राविधिक टोली

 

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्तकुमार नेम्बाङ्ग ज्यूले बाढीपहिरोका कारण अवरुद्ध बेसीशहर-चामे सडक तत्काल खुलाउन माताहतका निकायलाई निर्देशन दिनुका साथै सरोकारवाला निकायसंग छलफल गर्नु भएको छ ।

 

मेसिन चलाउन इन्धन अभाव भएकाले विहीबार नेपाली सेनाको हेलिकोप्टरबाट इन्धन चामे पठाउने र सडक खण्डमा भएको क्षतिको विस्तृत अध्ययन गर्न नेपाली सेना र सडक विभागको प्राविधिक टोली शुक्रबार पठाउने निर्णय भएको छ ।

 

बाढीपहिरोका कारण बेसीशहर चामे सडक अरुद्ध हुदाँ मनाङ जिल्ला सडक सञ्जालबाट विच्छेद भएको छ । ३१ जेठ रातीदेखि आएको अविरल बर्षाका कारण पूरै सडक खण्ड अवरुद्ध भएका थिए ।

 

अहिले सडक विभागले १८ +००० (बेसीशहरदेखि १८ किलोमिटरसम्म) बाटो खुलाएको छ भने बाँकी खण्डको अवरुद्ध हटाउने प्रयास भइरहेको छ ।

 

छलफलमा विघटित प्रतिनीधिसभाका सदस्य पोल्देन छोपाङ गुरुङ, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल, नेपाली सेनाका प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापा सहभागी रहनु भएको थियो ।

Comments Box