अब सम्भव छ – मोटरबाईकमा खाङ्सार अनि तिलिचो पदयात्रा



 

पाछिल्लो समय बेशीसहर चामे सडक खण्डको तिमाङमा पुल निर्माण भइ वैकल्पिक बाटो नहुँदा बाटो बन्द थियो । गत सोमबार देखी भने यो ठाउँमा पनि सवारी आवागमन सुरु भएको छ । र अव, आफ्नै सवारी साधनमा मनाङ यात्रा गर्ने चाहना पुरा गर्न सकिने भएको छ ।


२ कार्तिक २०७८, मंगलवार

२०७८ असारमा आएको वाढी र पहिरोले लम्जुङको बेसिशहर हुँदै मनाङ जाने वाटो क्षतविक्षत पारेको र त्यसपछी भएका पुन:निर्माणका समाचारहरु प्रकाशन गर्न थालेपछी हामीलाई पाठकहरुले सबै भन्दा धेरै सोधेको प्रश्न हो : के मोटोरबाईकमा अब फेरी तिलिचो जान सकिन्छ ?

 

 

 

 

विश्व-प्रख्यात पदमार्गको रुपमा स्थापना भएको अन्नपूर्ण पदमार्गमा मोटर बाईक, गाडीको त कुरै छोडम , मान्छे हिंड्न समेत नसक्ने गरेर बाटो भत्किएको थियो । तर अब भने, वैकल्पिक मार्ग निर्माण गरेर तथा भात्किएको वाटो पुन : निर्माण गरेर मनाङमा मोटर बाटो सुचारु भएको छ ।

 

“अब मनाङ सडक सन्जाल द्वारा सारा नेपाल सँग पहुचमा पुगेको छ “- प्रतीनिधी सभा सदस्य पोल्देन छोपाङ गुरुङ

 

 

बाटो खुलेपछी अब लम्जुङको बेसिशहरबाट मनाङको खाङ्सार सम्म नै मोटरबाईकमा जान सकिन्छ ।

 

 

कार्तिक ११, गते तिमाङ झरनाकाे पुल मर्मत सम्पन्न भएसँगै बेमौसमी वर्षाबाट अवरुद्ध बेशिसहर-चामे- खाङसार सडक पूर्णरूपमा सुचारू भएको जानकारी जिल्ला प्रसाशन कार्यलय मनाङले जनएको हो ।

 

मनाङमा बेमौसमी वर्षाबाट अवरुद्ध बाटो पुन्: सुचारु

 

 

“Acclimatization लाई ध्यान दिनुस” – मनाङका युवा पर्यटनकर्मी 

यसरि मोटोरबाईकमा यात्रा गर्दा Acclimatization भने एकदम ध्यान पुर्याउनु पर्ने मनाङका युवा पर्यटनकर्मी वताउँछन । त्यसो गर्दा स्वास्थ्य समस्या न हुने उनिहरु बताउछन ।

 

यसरि यात्रा गर्दा सडक सुरक्षा र व्यक्तिगत सुरक्षा लाई विशेष ध्यान दिन समेत स्थानिय पर्यटन व्यवसायी हरु ले आग्रह गरेका छन ।

Comments Box