तिलिचो न्युज

‘भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउँछौँ’

चितवन ।  भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउने तयारी भइरहेको बताएकी छन् । चितवन अटोमोबाइल डिलर्स एशोसिएशनले यहाँ आजदेखि आयोजना गरेको पहिलो ‘काडा अटो एक्स्पो’ को उद्घाटन गर्दै उनले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरेर ठूलो चार्जिङ स्टेशन बनाउन लागेको बताइन् ।   स्टेशनका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराउने र प्राधिकरणले […]

पीडितलाई न्याय महसुस हुनेगरी कार्यसम्पादन गर्नेछु : महान्यायाधिवक्ता बडाल

काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले संविधान र कानुनको दायरमा रहेर पीडितलाई न्याय महसुस हुनेगरी कार्यसम्पादन गर्ने बताएका छन् । उनले आज पदवहालीका क्रममा संविधान र कानुनले निदृष्ट गरेका अधिकार पालना गर्दै पीडितलाई न्याय हुनेगरी कार्यसम्पादन गर्ने बताए ।   “पीडितलाई न्याय दिने दायित्व यस कार्यालयको हो, संवैधानिक दायराभित्र रहेर आफ्नो दायित्व पूरा गर्नेछौँ”, महान्यायाधिवक्ता […]

एमाले बैठक चल्दाचल्दै सीके राउत बालकाेटमा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी रहँदा जनमत पार्टीका अध्यक्ष सीके राउत बालकोट पुगेका छन् । एमालेको सचिवालय बैठक सकेर अध्यक्ष केपी शर्मा ओली र राउतबीच छलफल भइरहेको छ । उनीहरुबीच अब कसरी अगाडि बढ्नेबारे छलफल भइरहेको बताइएको छ ।

वडाध्यक्षको निधनमा : काठमाडौं महानगरले दियो शोक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ । काठमाडौं महानगरपालिका- १६ नम्बर का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगर र अन्तर कार्यालयहरुमा शोक बिदा दिएको हो । उनको निधनमा भोलि शुक्रबार महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको प्रशासन विभाग विभागीय प्रमुख दीपक अधिकारीले बताए । रिजालको आज काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको […]

एमसीसी (MCC) कार्यान्वयनमा !

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना बुधबारदेखि कार्यान्वयनमा गएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले बुधबार अर्थ मन्त्रालयमा प्रमुख सरोकारवालाहरूको उपस्थितिमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स–ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान भएको छ । यससँगै पाँच वर्षको समय तोकिएको एमसीसीका परियोजना कार्यान्वयनमा गएको छ ।   […]

बेँसीसहर–चामे सडक ठाउँठाउँमा अवरुद्द रकम हुँदा पनि किन भएन काम ??

डुम्रे बेसिशहर चामे सडक अन्तर्गत पहिरोको कारण विभिन्न ठाउँमा सडक अवरुद्द भएको छ । सडक मर्मतका लागी बजेट विनियोजन भए पनि काम नहुँदा स्थानियले सास्ती भोग्नु परेको छ ।   ६५ किलोमिटर दूरीको बेशीसहर–चामे सडक लमजुङतर्फ ३५ किलोमिटर पर्दछ । डुम्रे बेसिशहर चामे सडक अन्तर्गत पहिरोको कारण मनाङको कोतो, लमजुङको उदीपुर , रामबजार, हवाईडाँडा लगायतका […]

४० प्रतिशत हिउँ लोप हुने खतरा ! – ‘हिन्दकुश हिमालय क्षेत्रको पानी, हिउँ, समाज र पारिस्थिकीय प्रणाली’ अध्ययन

एक अध्ययनका अनुसार पृथ्वीको सरदर तापमान एक दशमलव पाँचदेखि दुई डिग्री सेन्टिग्रेड बढेको अवस्थामा हिन्दकुश हिमालय क्षेत्रको ३० देखि ४० प्रतिशत हिउँ लोप हुने खतरा रहेको देखिन्छ।   नेपालसहित आठ राष्ट्र सदस्य रहेको अन्तर–सरकारी निकाय अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले मंगलबार सार्वजनिक गरेको एक अध्ययनअनुसार विश्वको सरदर तापमानमा भएको बढोत्तरीका कारण पछिल्ला वर्षमा हिमनदी, […]

बुधबार चिनियाँ जहाज उड्ने पोखरा विमानस्थलका ४ ‘कन्स्पिरेसिज’

विसं २०३२ मै पोखरामा अन्तरराष्ट्रिय विमानस्थलको सपना देखेर जग्गा अधिग्रहण गर्ने काम शुरु गरिएको थियो।त्यो सपना अब पूरा हुँदैछ।

तरकारी तथा फलफूलको आजको मूल्य, तरबुजा प्रतिकेजी ४० रुपैयाँ

काठमाडौ,  २८ जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।   जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०,मटरकोशा प्रतिकेजी मूल्य १६०,कुरीलो प्रतिकेजी २००,काउली स्थानिय प्रतिकेजी मूल्य ५०,आलु रातो ४४ कायम भइ कारोबार भइरहेको छ ।   त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३३० रुपैयाँ ,ब्रोकाउली ८०,कागती १५० रुपैयाँ, चमसूरको साग रू […]

नेपालका कार्ल मार्स्क

आज मदन भण्डारीकाे ७2 औँ जन्मजयन्ति । भण्डारीकाे जिवनकालमा सबैभन्दा चर्चित बनेको अन्तर्वार्ता मध्य एक थियो NewsWeeK मा प्रकाशित (1991 AD) अन्तरवार्ता । प्रस्तुत छ, उक्त अन्तर्वार्ताको नेपाली अनुवाद:  मदन भन्डारी नेपाल कम्युनिस्ट पार्टी (एकिकृत माक्र्सवादी लेनिनवादी) का महासचिव हुन् । नेपालमा गत साल भएको प्रजातान्त्रिक आन्दोलनले राजतन्त्रलाई नहल्लाउन्जेलसम्म कुनै राजनीतिक दलहरुको कानूनी हैसियत थिएन […]