हिमाली जिल्ला मनाङमा सन् २०२३ को मे ७ तारिखसम्ममा उल्लेख्य पर्यटक भित्रिएका छन्। सन् २०२३ को जनवरीदेखि मे ७ तारिखसम्म मनाङमा आठ हजार दुई सय २० पर्यटक भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार मनाङमा सन् २०२३ को चार महिनामा पाँच हजार ५६ पुरुष र तीन हजार एक […]
के पौडेललाई राष्ट्रपती बनाउन नागरिकता विधेयक शर्त थियो ?
शनिबार बसेको सत्ता गठबन्धनको बैठकले नागरिकतासम्बन्धी पुरानै विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेसँगै आइतबार राष्ट्रपति पौडेलले यसबारे कानुनविद्सँग परामर्श गर्दैछन् । संसद्ले दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयक गत भदौमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेर रोकेकी थिइन् । त्यसयता विधेयक अलपत्र छ । नेपाल नागरिकता ऐन, २०६३ लाई […]
बेलायतका राजा चार्ल्स तृतीयले लगाए राजमुकुट
बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलियाले राजमुकुट पहिरिएका छन् । शनिबार वेष्टमिनिस्टर एबीमा आयोजित राज्याभिषेक कार्यक्रममा उनीहरूलाई राजमुकुट लगाइएको हो । उक्त कार्यक्रममा राजा चार्ल्सले उनका हजुरबुवाको क्रिमशन भेल्भेट रोब पहिरिएका थिए । राजमुकुट लगाइदिनु अघि उनले शपथ लिएका थिए । उनलाई पवित्र तेलले अभिषेक गरिएको थियो । त्यसपछि रानी क्यामिलियालाई […]
काठमाडौं विश्वमै धेरै वायु प्रदुषण भएको शहर
हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदुषित सहरको सूचीको पहिलो स्थानमा राखेको छ । संसारभरिका सहरको वायु प्रदुषणको मात्रा नाप्ने आईक्युएयरका अनुसार आइतबार सबैभन्दा धेरै वायु प्रदुषण भएको सहरमा काठमाडौं एक नम्बरमा पुगेको हो। काठमाडौंको एयर क्वालिटी इन्डेक्स २०८ छ भने दोस्रो स्थानमा थाइल्यान्डको चियाङ माई सहर छ। […]
मनाङको मौलिक ‘तिर पर्व’ अर्थात ‘मेथा पर्व’
हिउँद सकिएर बर्खा लागेको संकेत दिँन मनाङमा ‘मेथा ध्वाज्याङ’ पर्व अर्थात मनाङको मौलिक तिर पर्व मनाईन्छ । मनाङमा मेथा पर्व पछि घोडा जात्रा, आङुमुदे जात्रा लगायतका विभिन्न प्रकारका जात्रा मनाइने गरिन्छ। मेथा ध्वाज्याङ पर्व मनाङका चार वटै गाउँपालिका नेस्याङ, चामे, नारपाभुमी र नासोङमा फरकफरक शैलीमा मनाउने परम्परा रहेको छ। उसो त मनाङ ङिस्याङ […]
समिती नै नबनी संसदमा सत्य निरुपणसम्बन्धी विधेयक दर्ता हुन लागेकोमा आपत्ती
कानून मन्त्रालयको समेत जिम्मेवारी लिइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेश गर्ने भएका छन्। सरकारले २०७९ फागुन २५ गते संसद् सचिवालयमा दर्ता गराएको “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयक–२०७९” प्रति राष्ट्रिय जनमोर्चाले गम्भीर […]
राष्ट्रपती र उप-राष्ट्रपती दुबै पुरुष ; संविधानको मर्म विपरित, महिला नेतृत्वमा रोक
उपराष्ट्रपति पदको निर्वाचनका लागि शनिबार भएको उम्मेदवारको मनोनयनपत्र दर्तामा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धन दल जसपाबाट रामसहाय यादव र प्रमिला यादव, जनतमत पार्टीबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका छन्। निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै राखेको छ । यादवविरुद्ध परेको उजुरी खारेज […]
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप); कि पालिकाको मातहत, कि खारेज !
अन्नपूर्ण संरक्षण क्षेत्र भित्रका १५ वटा गाउँपालिका प्रमुखले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले समानान्तर सरकार चलाएको आरोप लगाएका छन्। एक्यापले स्थानीय प्राकृतिक स्रोत साधनको उपयोगबाट कर संकलन गरेको तर गाउँपालिकालाई प्राकृतिक स्रोतको उपयोग गर्न नदिएको भन्दै उक्त आरोप लगाएका हुन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को क्षेत्र स्थानीय पालिकाले उपयोग गर्न पाउनुपर्ने एक्यापभित्रका पालिकाहरूले […]
सत्ता गठबन्धन सात दलिय बाट अब आठ दलिय
नेकपा एमाले पार्टीको सोमबार बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट पार्टी बाहिरिने निर्णय गरेको हो । साथै सरकारलाई दिएको समर्थन पनि पार्टीले फिर्ता लिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए । नेकपा एमालेअघि राप्रपाले पनि सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिइसकेको छ । गत पुस १० गते बनेको सात दलको गठबन्धन दुई महिनामै […]
काठमान्डौं-पोखरा २ घन्टामा नै पुग्ने गरी बनाउने भनेको सडक निर्माण निकै सुस्त
तनहुँको आँबुखैरहनीदेखि कास्कीको पोखरा जाने पृथ्वी राजमार्ग विस्तारको काम निकै सुस्त गतिमा अगाडि बढेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार हुन लागेको ८० किलोमिटर सडकले विस्तारमा आशातित गति समाउन अझै सकेको छैन । सडक विस्तार गर्ने क्रममा ठाउँठाउँमा भित्ता काट्ने काम हुँदा सडक धुलाम्य छ । निकट वस्तीका वासिन्दाहरु सडक विस्तारको काम […]