तरकारी तथा फलफूलको आजको मूल्य, तरबुजा प्रतिकेजी ४० रुपैयाँ



काठमाडौ,  २८ जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०,मटरकोशा प्रतिकेजी मूल्य १६०,कुरीलो प्रतिकेजी २००,काउली स्थानिय प्रतिकेजी मूल्य ५०,आलु रातो ४४ कायम भइ कारोबार भइरहेको छ ।

 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३३० रुपैयाँ ,ब्रोकाउली ८०,कागती १५० रुपैयाँ, चमसूरको साग रू १००,न्यूरो ७० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ५० रुपैयाँ ,लोकल काक्रो ११०,अदुवा प्रतिकेजी २३० रहेको समितिले जनाएको छ ।

 

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार ३८० रुपैयाँ,किवि ५०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,ताजा माछा(रहु) ३२०,ताजा माछा(मुंगरी) रू ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

१६ अर्बभन्दा बढीको फलफूल नेपाल भित्रियो

 


 

किन किसान खोज्दै रैथाने जातका बीउ ? हाइब्रिड र उन्नत जातबाट दिक्क भएकै हुन?

Comments Box