एग्रो मनाङ द्वारा सन्चालित साउथ ईस्ट एशिया कै ठुलो हाई डेन्सिटी स्याउ बारी (भिडियो सामाग्री)



राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा १५ कार्तिक मा मनाङको ङिस्याङ गाउँपालिका वडा नं १ भ्राताङमा रहेको स्याउ फार्म अवलोकन गरे पछी आम मानिसमा एग्रो मनाङ प्रा लि को यो फार्म बारे चासो बढेको छ । साउथ ईस्ट एशिया भरीमा रहेको हाई डेन्सिटी स्याउ बारीहरुमा नै सबै भन्दा ठुलो स्याउ बारी हो ।

 

भिडियो सामाग्री:

यो फार्म ७३५ रोपनी क्षेत्रफलमा छ र सो फार्मभरि स्याउ लगाइएको छ । यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायतका स्याउ उत्पादन हुँदै आएको छ ।

 

राष्ट्रपती मनाङमा; ‘साउथ ईस्ट एशिया कै ठुलो हाई डेन्सिटी स्याउ बारी’ अवलोकन

 

लामो ईतिहास बोकेको यो स्याउ बारीको आधुनिक स्वरुपको स्थापना भने पोल्देन छोपाङ गुरुङले गरेका हुन । गुरुङ हाल प्रतीनिधि सभा सदस्य समेत हुन । हुजुरबुवा को प्रेरणा ले स्थापित स्याउ बारी अहिले नातीहरु समराज गुरुङ र युवराज गुरुङ ले कुशल व्यवस्थापन गरी रहेका छन ।

 

यो फार्म सन्चालन गर्न जग्गाको व्यवस्थापन तथा तयारी सन् २०१३ को अन्त्यतिरबाट सुरु भएको थियो भने व्यावसायिक रूपमा सुरु गर्न भने एक वर्षभन्दा बढी समय लाग्यो । मनाङमा ७३५ रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक रूपमा स्याउखेती सुरु गर्न पहिला लिजमा जग्गा लियौं, प्रा लि का प्रबन्ध निर्देशक युवराज गुरुङले भने हामीले सन् २०१५ मा नेपालमा सबैभन्दा बढीको क्षेत्रफलमा व्यावसायिक एप्पल एग्रो फाम सुरु गरेका थियौं । नेपालमा भूकम्प आएको समयभन्दा केही दिनअगाडि मात्र बिरुवाहरूको प्लान्टेसन सकेका थियौं ।

 

हाई डेन्सिटी एप्पल फार्म

विश्वको आधुनिक कृषि प्रणालीमा मूलतः साइज डाउन गरेर उत्पादन गर्दा उत्पादन लागत कम हुन्छ भने उत्पादन वृद्धि भएर जान्छ । उदाहरणका लागि स्याउको बगैंचा भन्नाले ठूलो स्याउको रूखै सोचिन्छ । तर, यो नयाँ प्रविधिमा भने उत्पादन बढी हुन्छ । पहिला एक रोपनीमा १६ वटा स्याउनको रूख रोपिन्थ्यो र त्यसको उत्पादन ६ देखि ८ वर्षमा मात्र हुने गथ्र्यो भने पूर्ण उत्पादन दिनका लागि ११-१२ वर्ष पर्खिनुपर्ने हुन्थ्यो । यसले गर्दा व्यावसायिक उत्पादनको प्रतिफल पाउन धेरै लामो समय कुर्नुपर्ने भयो । नयाँ आधुनिक प्रविधिले पहिलो वर्षदेखि नै उत्पादन दिन थाल्छ । तर, व्यावसायिक रूपमा भने दोस्रो वर्षदेखि उत्पादन बढाउनु राम्रो मानिन्छ र सात वर्षपछि त पूर्ण उत्पादन लिन सकिन्छ । साथै, त्यसको थप १३ वर्षसम्म स्याउको उत्पादन हुन्छ । यसको अर्थ, करिब–करिब पाँच वर्ष उत्पादन दिएपछि नाफा लिन सकिन्छ ।

 

नेपालको स्याउको बजार

नेपालको स्याउको बजार करिब १२ अर्ब रुपैयाँको हो । भन्सार विभागको तथ्याङ्क हेर्दा नेपालमा वार्षिक करिब ५ अर्ब रुपैयाँको हाराहारीमा स्याउ आयात हुने गरेको छ । भन्सारदेखि उपभोक्तासम्म पुग्दा त्यसमा भाउ जोडिँदै जान्छ र उपभोक्ताले उपयोग गर्ने स्याउको बजार भनेको १२ अर्ब रुपैयाँको हो । तर, करिब पाँच अर्बको स्याउ आयात हुने नेपाली बजारमा स्वदेशी उत्पादनको बजार भनेको १० प्रतिशत पनि छैन, अर्थात् करिब ४० करोड रुपैयाँको स्याउ मात्र हो ।

 

रोजगारी सिर्जना

फलफूल उत्पादन व्यवसायमा रोजगारी भनेको मौसमअनुसार सिजनल हुन्छ । भण्डारण र प्लान्टेसनका लागि बढी रोजगारी चाहिन्छ । कम्पनीमा मात्र ८० जनाले स्थायी रोजगारी प्राप्त गरेका छन् भने अप्रत्यक्ष रूपमा रोजगारी प्राप्त गर्ने पनि छन् । तर, यस क्षेत्रमा रोजगारीका लागि जनशक्तिको अभाव हुने गरेको छ ।

Comments Box