राष्ट्रपती मनाङमा; ‘साउथ ईस्ट एशिया कै ठुलो हाई डेन्सिटी स्याउ बारी’ अवलोकन



आज राष्ट्रपति विद्यादेवी भण्डारी मनाङ आउनु भएको छ ।

 

 

 

मनाङ ङिस्याङ गाँउपालिका वडा न १ भ्रताङमा रहेको एग्रो मनाङ प्रा लि को स्याउ बारी साउथ ईस्ट एशिया भरीमा रहेको हाई डेन्सिटी स्याउ बारीहरुमा नै सबै भन्दा ठुलो स्याउ बारी हो । ७३५ रोपनी क्षेत्रफलमा छ र सो फार्मभरि स्याउ लगाइएको छ । यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेनलगायतका स्याउ उत्पादन हुँदै आएको छ ।

 

 

राष्ट्रपती भन्डारी लाई एग्रो मनाङ प्रा लि का अध्यक्ष समराज गुरुङ र प्रबन्ध निर्देशक युवराज गुरुङ ले स्याउ फार्मको बारेमा जानकारी गरएका छन ।

 

 

“मनाङ जिल्लाको हाई अल्टिच्युडमा रहेको यस एग्रो मनाङ फार्ममा देशको पहिलो महीला राष्ट्रपतीज्युलाई स्वागत गर्न पाउँदा सम्पुर्ण मनाङ जिल्लाका बासीन्दाहरु हर्षित भएका छौं” मनाङ का साम्सद पोल्देन छोपाङ गुरुङ ले भन्नुभयो ।

 

राष्ट्रपती विधादेवी भण्डारीका साथमा संविधान सभाका सदस्य डा. भिष्म अधिकारी, राष्ट्रपती कार्यलयका सचिव, राष्ट्रपतीका विज्ञ सदस्य , प्रमुख स्वकीय सचिव र अरु भ्रमण दलका सदस्यहरु रहनुभएको छ ।

 

भ्रमणका क्रममा साम्सद पोल्देन छोपाङ गुरुङ र मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले मनाङ जिल्ला र पालिकाको सुन्दरता र समस्याहरुको बारेमा धारणा राखेका थिए ।

अवलोकनपछी राष्ट्रपती भन्डारीले नेपालमा यसप्रकारको उन्नत र व्यवसायिक खेती गरेर कृषी उधमशिलता लाई वडवा दिएकोमा खुशी प्रकट गर्नु भएको थियो ।

 

Comments Box