तिलिचो संम्वाददाता

तनहुँका ५० जना महिलालाई ढकिया बुन्ने तालिम

तनहुँ । ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रमअन्तर्गत यहाँका महिलाहरूलाई ढकिया बुन्ने तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यालय तनहुँको आर्थिक सहयोग तथा व्यास नगरपालिका–१४ को समन्वयमा चार दिनको तालिम सञ्चालन गरिएको हो ।     व्यास नगरपालिका–१२, १३ र १४ का महिलालाई छाब्दी बाराही मन्दिरमा आउने भक्तजनलाई फूल, प्रसाद […]

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर । कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ ।   इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक  श्याम अर्यालले बताए ।   दुवै सडकको  वैकल्पिक मार्ग हेटौँडा–भैँसे–पालुङ–काठमाडौँ र कान्तिलोकपथ– हेटौँडा–ठिङ्गन–काठमाडौँ प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।

बागलुङ कालिकामा दर्शनार्थीको भीड

बागलुङ । दसैँको पहिलो दिन  घटस्थापनाका अवसरमा आज बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रसिद्ध शक्तिपीठ भएकाले दसैँ र चैतेदसैँमा यहाँ भक्तजन धेरै आउने गर्छन् । चितवन, बुटवल, स्याङ्जा, पोखरा र अन्य छिमेकी जिल्लाका भक्तजन यहाँ आउने गरेको कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले बताए ।     सोह्र श्राद्धमा मुक्तिनाथ गएका […]

यसवर्ष च्याङग्राको मूल्य घट्यो

म्याग्दी । दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ ।  च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरुले नै बिक्री मूल्य घटाएका हुन् ।     गतवर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका ब्यापारी टसी छेवाङ गुरुङले यसपाली […]

मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक, यस्ता छन् निर्णयहरू

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक भएको छ ।     सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय सार्वजनिक गर्नुभएको हो । बैठकले एसियाली विकास बैङ्कबाट सिँचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने  निर्णय  गरेको गुरुङले जानकारी दिनुभयो ।   […]

झापामा थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा

भद्रपुर । झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०-८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै झापामा छ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो ।     आयोजनाका सूचना अधिकारी ईश्वर थापाका अनुसार गत […]

देवघाटमा भक्तजनको भीड – भिडियो

नारायणगढ, २८ साउनः साउनको अन्तिम सोमबार आज देवघाटधाममा स्नान तथा पूजा र शिवको आराधना एवं जल चढाउन आएका भक्तजन । साउन महिनाभरी ब्रत बसेका भक्तजनहरु अन्तिम सोमबार यहाँ आई पूजा आराधना र दान दक्षिणा गरी विधिपूर्वक व्रत समापन गर्ने गर्दछन् ।

च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी

पर्वत । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छिन्। विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि रु १० लाखभन्दा बढी आम्दानी गर्दै आएकी छिन् ।   तीनवटा गुम्वज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ  बागलुङ, म्याग्दी र  कुश्माबजारमा खपत हुने गरेको उनी बताउछिन् । “च्याउखेतीबाट भएको आम्दानीले […]

शिथिल अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनु अहिलेको मुख्य चुनौती हो अर्थमन्त्री पौडेल ( भिडियो )

         काठमाडौँ, । राजनीतिक अस्थिरताको नकारात्मक असर मुलुकको अर्थतन्त्रमा देखिएको तथ्य कसैबाट लुकेको छैन । पटकपटक भएका सरकार परिवर्तनका कारण विकास र समृद्धिका मुद्दा सधैँ ओझेलमा रहे । अस्थिर राजनीतिले मुलुकको समग्र विकास एवं समृद्धिमा कसरी असर गरिरहेको छ र त्यसको मूल्य हामीले चुकाइरहेका छौँ भन्ने उदाहरणका रुपमा चालु आर्थिक वर्षको बजेटलाई लिन सकिन्छ । बजेटका […]

जहाज दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन

काठमाडौं । सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्नका लागि समिति गठन गर्ने निर्णय गरेको छ ।   बुधबार बसेको मन्त्रीपरिषद् बैठकले दुर्घटनाको कारण पहिचान गरी आगामि दिनमा यसकिसिमको दुर्घटना हुन नदिन अपनाइनुपर्ने सुझावसहितको प्रतिवेदन ४५ दिनभित्र पेस गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुव्वा गुरुङ्ले जानकारी दिनुभयाे । उहाँले […]