“अब मनाङ सडक सन्जाल द्वारा सारा नेपाल सँग पहुचमा पुगेको छ “- प्रतीनिधी सभा सदस्य पोल्देन छोपाङ गुरुङ



बेशिसहर-चामे-खाङसार सडक खण्ड सुचारु भएको छ ।

 

Before: Destroyed by Flood
After: Repaired

 

 

 

 

यस बर्षको बाढी पहीरोको कारण क्षती भएको सडक करिब चार  महीनामा पुर्णरुपमा सञ्चालनमा आएको छ । सडक सुचारु भएसँगै लम्जुङको बेसिशहर बाट सिधै मनाङको खाङ्सार पुग्न सकिने भएको छ ।

 

मनाङ बाट निर्वाचित प्रतीनिधी सभा सदस्य पोल्देन छोपाङ गुरुङले वैकल्पिक मार्ग प्रयोग गरेर तथा भत्केको सडक पुन:निर्माण भई सडक पूर्ण रुपमा सन्चालनमा आएको जनाउदै भन्नुभयो “अब मनाङ सडक सन्जाल द्वारा सारा नेपाल सँग पहुचमा पुगेको छ ।”

 

Now after repairing
Before

 

 

 

 

 

२०७८ असार १ मा आएको वाढी र पहिरोले मनाङ जाने सडक क्षतविक्ष भएको थियो ।

 

सबैभन्दा चुनौती पुर्ण रहेको मनाङ ङिस्याङ गा पा १ स्थित भ्रताङ भिरमा भने यस अगि नै बाटो सन्चालनमा आएको छ । ‘पेमा छिरिङ एन्ड छुन्ता गुरुङ फाउन्डेसन’ र मनाङ ङिस्याङ गापा को आर्थीक व्यवस्थापनमा यो खण्ड सुचारु भएको हो ।

 

मनाङमा वाढी पहिरो ले अवरुद्ध गरेको सडक खुल्यो

 

 

यसअघीनै मनाङ ङिस्याङ गाउँपालिकामा र चामे गाउँपालिकामा भने मोटर बाटो खुली सकेको थियो ।

 

मनाङ ङिस्याङ र चामे गाउँपालिका मा मोटरवाटो सुचारु

 

यसअघी नै मनाङ सदरमुकाम चामेमा रहेको मोटरएबल पुल सन्चालनमा आएको थियो ।

 

 

यसैगरी धारापानीमा भने वैकल्पिक बाटो निर्माण गरेर बेसिशहर-चामे-खाङ्सार सडक खण्ड सुचारु गरिएको छ। वैकल्पिक बाटो को व्यवस्थापन गर्न प्रतीनिधी सभा सदस्य पोल्देन छोपाङ गुरुङ , मनाङका प्र. जि. अ. , स्थानिय निकायका प्रमुख हरु सम्मिलित वैठकले जग्गा धनी र स्थानिय सँग सहमती जुटाएको थियो ।

 

२०७८ जेष्ठ र असारमा आएको वाढी र पहिरोले यो सडक खण्डमा करिब रु १५ करोड बराबरको क्षति पुगेको सडक डिभिजन कार्यालय दमौलीको अनुमान  छ ।

 

 

Comments Box