प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङको सिफारिस र अनवरत पहलमा मनाङ ङिस्याङमा रणनीतिक सडक आयोजना निर्माण सुरु हुँदै

एक निर्वाचन क्षेत्र भएका हिमाली जिल्लामा ६० करोड रुपियाँ र एक निर्वाचन क्षेत्र भएका पहाडी जिल्लाका निर्वाचन क्षेत्रमा ५० करोड रुपियाँ



सांसदहरूको सडकका लागि ७ अर्ब बजेट

सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको बजेट बढाएको छ । चालु आर्थिक वर्षमा यो कार्यक्रम अन्तरगतका सडकका लागि २ अर्ब ६ करोड रुपैयाँ विनियोजन भएकोमा सरकारले आगामी आर्थिक वर्षका लागि ७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सांसदहरूले छनोट गरेका निर्वाचन क्षेत्रभित्रका नेटवर्क सडकका लागि यो बजेट विनियोजन भएको हो।

२०७७ चैत २१ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सबै निर्वाचन क्षेत्रमा एउटा-एउटा गरी १६५ वटा सडकहरूको एकै पटक घोषणा गरेका थिए । यी सडकको कुल लागत ५७ अर्ब १० करोड रुपियाँ रहेको बताइएको छ । प्रत्येक निर्वाचन क्षेत्रको एक भन्दा धेरै स्थानीय तह जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम कार्यान्वयन गर्न ३ अर्ब ३० करोड विनियोजन गरिएको थियो । यसरी निर्माण गरिने सडकको कूल लम्बाई लगभग २,२१० किलोमिटर हुनेछ। २०७८ वैशाख २३ गते सडक विभागले मातहतका १० ओटा सडक कार्यालयहरूलाई रणनीतिक सडकबारेमा परिपत्र गरेको थियो।

हरेक निर्वाचन क्षेत्रमा त्यहाँका सांसदले छानेका सडकहरू उक्त योजनामा समेटिएको बताइएको थियो। “निश्चित मापदण्डमा परेका अनि सांसदहरूले छानेका सडकहरूलाई सडक विभागको सिफारिसमा यो विस्तृत योजनामा पारिएको छ,” तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्ग ले भनेका थिए । एक निर्वाचन क्षेत्र भएका हिमाली जिल्लामा ६० करोड रुपियाँ र एक निर्वाचन क्षेत्र भएका पहाडी जिल्लाका निर्वाचन क्षेत्रमा ५० करोड रुपियाँ दिइने छ ।


१ चैत्र २०७८, मंगलवार

प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङको सिफारिस र अनवरत पहलमा मनाङ ङिस्याङमा रणनीतिक सडक आयोजना निर्माण सुरु हुँदै

हिमालपारिको जिल्ला मनाङको ‘मनाङ ङिस्याङ गाउँपालिका’मा पर्ने चामे-खाङ्सार सडकको ‘स्वर्गद्वारी- हुम्डे- मुन्छे’ खण्ड स्तर उन्नति हुने भएको छ। डिभिजन सडक कार्यालय दमौलीले फाल्गुन ३० गते यो सडक निर्माणको लागी बोलपत्र आह्वान गरेसँगै यो सडक स्तर उन्नति हुने भएको हो ।

मनाङका प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङको सिफारिस र अनवरत पहलमा चामे-खाङ्सार सडकको ‘स्वर्गद्वारी- हुम्डे- मुन्छे’ खण्ड स्तर उन्नति हुन लागेको हो ।

मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार माथिल्लो मनाङमा मनाङ जिल्ला कै ६० % भन्दा बढी जनसङ्ख्या बस्छन्।  यो सडक स्थानीयका  लागि मात्र नभई बर्सेनि आउने थुप्रै पर्यटकका लागि पनि अति नै महत्त्वपूर्ण छ ।

गत असारमा आएको वाढी-पहिरो पछि मनाङमा उद्दार राहत, पुनर्स्थापना र सडकको पुन निर्माणमा संसद गुरुङ आफै फिल्डमा खटिएका थिए ।

सडक डिभिजन कार्यालय दमौली अन्तर्गत रहेको डुम्रे – बेशिसहर – चामे सडकखण्ड १०७ किलोमिटर लामो छ । डुम्रे–बेंसीसहर सडक ४२ किलोमिटरको छ । तनहुँको डुम्रेदेखि लमजुङ सीमा पाउँदीसम्म २४ किलोमिटर छ, भने बाँकी १८ कि मि सडक लम्जुङ जिल्लामा पर्छ । बेशिसहर-चामे सडक खण्ड लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर गरी कूल ६५ किलोमिटरको लामो छ । मर्स्याङ्दी नदीबाट ३०० देखि एक हजार ६०० फिट माथि हुँदै सडक निर्माण भएको छ ।

 

Comments Box