गठबन्धन टुट्ने स्थितिमा, बैठक स्थगित



काठमाडौँ । वर्तमान कांग्रेस नेतृत्वको सत्ता गठबन्धन विघटनतर्फ अघि बढेको छ । यससँगै बालुवाटारमा सोमबार बिहान तय भएको सत्ता गठबन्धनको बैठक स्थगित हुन पुगेको छ ।
बरु कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि केहीबेरअघि बालुवाटार पुगेका छन् ।

 

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले गठबन्धनको बैठक स्थगित भएको भन्दै राजनीतिक नयाँ कोर्सको सुरु हुन लागेको बताए । गएराती माओवादी र एमालेसहितका दलहरुबीच संक्रमणकालीन न्याय र राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा मिलेर जाने समझदारी बनेपछि वर्तमान सत्ता गठबन्धन विघटनउन्मुख बनेको हो ।
Comments Box