सत्तामा संगसंगै, उप-निर्वाचनमा सत्तो-सराप

काङ्रेस, जसपा , जनमत, रास्वपा केन्द्र सरकारमा सत्तारुढ गठबन्धनमा नै छन । तर उप-निर्वाचनमा एक आर्कोको कटु-आलोचक बनेका छन ।



आगामी बैशाख १० मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि सत्तारुढदलहरु विभाजित देखिएका छन । आआफ्नो उम्मेद्वारी दर्ता गराउने मात्र होईन , दलका प्रतीनिधिहरु एक-आर्काको कटु आलोचनामा उत्रेका छन ।

 

कांग्रेस छाडेर रास्वपाबाट उम्मेवादर बनेका वाग्लेलाई लक्षित गर्दै तनहुँमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भने, ‘यहाँ घुम्दाघुम्दै आउने टुरिष्ट उम्मेदवारलाई यो पटक तपाईंहरूले भन्नुपर्छ तनहुँको निर्वाचन क्षेत्र अरू ठाउँजस्तो होइन । यहाँको कांग्रेस भनेको चोकमा राखेको मादलजस्तो होइन, जसले आयो त्यसले बजाउँदै हिँड्ने । यहाँको कांग्रेसको साथीहरुले बताउनुपर्छ ।’

 

तनहुँमा नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गराएका छन्।  नेकपा एमालेबाट पूर्वआईजीपी सर्वेन्द्र खनाल,रास्वपाबाट अर्थविद् डा.स्वर्णिम वाग्लेले मनोनयन दर्ता गराइसकेका छन्।

 

कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको मनोनयन दर्ताको लागि चितवन पुगेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियाप्रति लाल्छना लगाउने प्रवित्तिको आलोचना गरेका छन ।

 

बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि जसपा, नेकपा एमाले, जनमतसहितका दल तथा व्यक्ति गरी १७ जना नेताहरूले उम्मेदवारी दर्ता गराएका छन् । जसपाको तर्फबाट उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाहले उम्मेदवारी दर्ता गराएका हुन् । साथै रास्वपाबाट रमेश खरेल र नेमकिपाबाट मुक्ति यादवले उम्मेदवारी दर्ता गराएका हुन् । जसपा , जनमत, रास्वपा केन्द्र सरकारमा सत्तारुढ गठबन्धनमा नै छन ।


१९ मंसिर २०७९, सोमबार

निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनःपुष्टि – सत्तारुढ गठबन्धन

सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले संविधान सुरक्षित भएको र मुलुकमा राजनीतिक स्थायित्व भएको निष्कर्ष निकालेको छ । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलोपटक सोमबार बालुवाटारमा बसेको बैठकले उक्त निष्कर्ष निकालेको हो ।

 

बैठकपछि जारी विज्ञप्तिमा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनःपुष्टि गरेको उल्लेख छ । ‘मुलुकको विशिष्ट परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि स्थापित गठबन्धनको सरकारले स्थानीय, प्रदेश र प्रतिनिधिसभा तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ । तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै लोकतन्त्र थप सुदृढ हुदै संविधान अझ सुरक्षित भई मुलुक राजनीतिक स्थायित्व र समृद्धिको दिशातर्फ उन्मुख भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको छ । मुलुकका सामु विद्यमान चुनौतीहरूको सामाना गर्नुपर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ । निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने स्पष्ट सन्देश दिएको छ ।’

 

निर्वाचनका क्रममा गठबन्धनभित्र असहयोग र असमझदारीका घटना देखा परेको पनि विज्ञप्तिमा उल्लेख छ । ती घटनालाई आगामी दिनमा समाधान गर्ने निर्णय पनि गठबन्धनले गरेको छ । मतदाताप्रति आभार व्यक्त गर्दै गठबन्धनले भनेको छ, ‘आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं । निर्वाचनमा अभिव्यक्त जनादेशले दिएको सन्देश समेतलाई हृदयङ्गम गर्दै हामी गम्भीर समिक्षाका साथ अघि बढ्ने छौं ।’

 

विज्ञप्तिमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

Comments Box