चामेको पुल बचाउन जिल्ला देखी मन्त्रालयसम्मको पहल



असारको सुरुमा नै अविरल वर्षासंगै आएको बाढी र पहिरोले मनाङको चामेमा रहेको पुल भत्किने जोखिम छ । यो पुल जोगाउन जिल्ला स्थित जि.प्र.का. देखि संघीय मन्त्रालयसम्म लागेका छन् ।

 

 

गत हप्ता नै जि.प्र.का.मा भएको बैठकमा निवर्तमान प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङले पुलको कुरा गम्भीरताका साथ राख्नुभएको थियो ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकले सेनाको हेलीमा तेल र सामग्री पठाउने निर्णय गरेको थियो ।

 

उक्त निर्णय अनुसार निवर्तमान सांसद गुरुङको उपस्थितीमा आज नेपाली सेनाको हेलीकप्टरमा तेल पठाइएको थियो ।