९०० देखि ८००० दक्षिणा दिएर शिवरात्रीमा आएका साधुसन्तलाई बिदाइ

महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई फागुन कृष्ण एकादशीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प गरेको सामग्रीसहित, रुद्राक्ष माला, शिवनामी एवं दक्षिणासहित बिदाइ गरिएको छ ।     पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै बिदाइ गरेका हुन् । संस्थानले ९०० देखि आठ हजारसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको छ […]

मिथिलाञ्चल १५ दिवसीय मध्यमा परिक्रमा आजदेखि सुरु

 मिथिलाको महाकुम्भ मानिएको १५ दिवसीय मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला परिक्रमा (यात्रा)का लागि प्रस्थान गरेपछि १५ दिने परिक्रमा विधिवत रुपमा सुरु भएको हो । मिथिला बिहारीको डोला अग्निकुण्डमा दिउँसो विश्राम गरेर किशोरीजीको डोलासहित जनकपुरको हनुमाननगर पुग्नेछ । हनुमाननगरमा रात्रि विश्रामपछि मिथिला बिहारी र किशोरीजीको डोला […]

नरभक्षी बाघ नियन्त्रणमा

बाँकेमा पाँचजनाको ज्यान लिएको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । वन डिभिजन कार्यालय बाँकेले राप्ती सोनारी गाउँपालिका ६ राप्ती पिडित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको हो । वन डिभिजन कार्यालय बाँकेका सूचना अधिकारी गणेशबहादुर खड्काले कार्यालयको जनशक्ति, नेपाली सेना, नेपाल प्रहरी, बाँके राष्ट्रिय निकुञ्ज र स्थानीय सामुदायीक तथा उपभोक्ता समुहको सहयोगमा बाघलाई नियन्त्रणमा लिइएको जानकारी दिए । […]

सर्वसाधारणका लागि कहिले खुल्लान रत्नमन्दिर र हिमागृह ?

११ फाल्गुन २०७७, मंगलवार: फेवातालको किनारैमा छ, पोखराको राजदरबार । जसलाई रत्नमन्दिर र हिमागृह भनेर चिनिन्छ । राजा महेन्द्रले श्रीमती रत्न राज्यलक्ष्मी शाहको नाममा विसं. २०१३ सालमा बनाउन शुरू गरेका रत्नमन्दिर दरबार २०१५ सालमा बनाउन सकिएको थियो ।     राजा महेन्द्रका माइला भाइ हिमालय वीर विक्रम शाहले २०३६ मा हिमागृह बनानुभएको थियो । यी […]

भुकम्पमा भत्किएको ‘मनाङ गुम्बा’को पुनःनिर्माण कार्य सम्पन्न

२०७२ वैशाख १२ गते गएको विनासकारी भुकम्पले अन्य थुप्रै संरचनाहरु सँगै देशका थुप्रै सम्पदाहरु समेत भत्किएको थियो । तिनै देशका थुप्रै सम्पदाहरु मध्धे एक थियो मनाङवासीहरुको आस्थाको धरोहरको रुपमा रहेको स्वयम्भूस्थित मनाङ गुम्बा ।     २०७८/१०/२४ गते भेन. मानिवा लामा गुरु शेरब ग्याल्जेन रिन्पोछे ज्युको आशिर्वाद र थुप्रै मनका धनी दाताहरुको सहयोगबाट पुर्न निर्माण […]

सामुदायिक वनमा कर वृद्धिले उपभोक्तामा असन्तोष

रामपुर, २५ माघ (रासस) ः ‘हरियो वन, नेपालको धन’ भन्ने आहान व्यवहारमा सार्थक हुन नसकेको चासो र चर्चा बढिरहेका अहिलेका अवस्थामा वनको उपयोग र संरक्षण गर्ने उपभोक्ता र सरकारबीच द्वन्द्व बढ्दै गएको छ । सरकार वनमा करको दायरा बढाउँदै छ भने त्यसको विरोधमा उपभोक्ता उत्रिएका छन् ।     वन ऐन २०४९ तथा वन नियमावली […]

पग्लँदै हिमाली बस्ती ; हिमालपारिका जिल्लामा जलवायु परिवर्तनद्वारा सिर्जित प्रकोप

(रासस) ९ भाद्र २०७८ : २०७८ असार महिनाअघि हिमालपारिको जिल्ला मुस्ताङको नीलगिरि हिमाल आसपासको बस्तीमा भीषण वर्षा भयो । नीलगिरि हिमालका फेदीका बस्तीहरू लुप्रा, मार्फा, जोमसोम, छैरु, ठिनी, स्याङलगायतका गाउँमा वर्षाले ठूलै असर ग¥यो ।     सामान्यतः पानी नै नपर्ने र परिहाले पनि अत्यन्त कम पर्ने ती बस्तीमा एकाएक ओइरिएको पानीले परम्परागत रुपमा निर्मित […]

नारायणहिटी राजदरबार (फोटो फिचर)

नारायणहिटी दरबार नेपालको अन्तिम राजाको राजदरवार हो । नेपालको राजाहरूको १३५ वर्ष सम्म निवासस्थानको रूपमा रहेको यो भवनलाई नेपाल गणतन्त्रात्मक राज्य घोषणा भए लगत्तै बि.स. २०६५ असार १ गते राजदरवार वाट राष्ट्रिय सङ्ग्रहालय बनाउने घोषणाका साथ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झन्डोत्तोलनका गरी सङ्ग्रहालयको घोषणा गरेका थिए । त्यस अघि भवनको मुल खम्वामा नेपालको राजाको विशेष झण्डा फहरिन्थ्यो । त्यसको ठिक ८ महिनापछि […]

ईतिहास देखी वर्तमान सम्म; राजनीतिक परिदृश्यमा मनाङ जिल्ला

सन् १८१६ को सुगौली सन्धी पछि नपाललाई १० जिल्लामा विभक्त गरिएको पाईन्छ। प्रधानमन्त्री वीर शमशेरका पालामा ( १८८५-१९०१ ) मा नेपाललाई ३२ जिल्लामा बांडियो। यो बिभाजनले पहाडमा २० र तराईमा १२ गरी ३२ वटा प्रशासनिक ईकाई बनाईएको पाईन्छ।   यो विभाजनको प्रारूप २०१८ सम्म थियो तर २०१८ मा नेपाललाई १४ अंचल र ७५ जिल्लामा विभाजन […]

डा हर्क गुरुङ उद्यान निर्माणका लागि सहयोग

भूगोलविद् डा हर्क गुरुङको जन्मगाउँ मस्र्याङ्दी गाउँपालिका–७ मा ‘डा हर्क गुरुङ उद्यान’ निर्माण हुने भएको छ । यसका लागि ल्हेंगे तमु समाज बेलायतले डा हर्क गुरुङ प्रतिष्ठानलाई रु आठ लाख सहयोग गरेको छ ।     समाज संस्थापक अध्यक्ष मेजर खुसीमान गुरुङ र उहाँकी धर्मपत्नी मञ्जु ले मस्र्याङ्दी –७ का वडाध्यक्ष युवा घलेलाई शनिबार सो […]