९०० देखि ८००० दक्षिणा दिएर शिवरात्रीमा आएका साधुसन्तलाई बिदाइ



महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई फागुन कृष्ण एकादशीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प गरेको सामग्रीसहित, रुद्राक्ष माला, शिवनामी एवं दक्षिणासहित बिदाइ गरिएको छ ।

 

 

पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै बिदाइ गरेका हुन् । संस्थानले ९०० देखि आठ हजारसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको छ । नागाबाबालाई रु आठ हजार र अन्यलाई रु ९०० भन्दामाथि दक्षिणा दिइएको संस्थानका प्रवक्ता जनक पोखरेलले बताए । यसैगरी कोषले पनि रु १०५ देखि रु पाँच हजार १०० सम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको छ ।

Comments Box