बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम […]
टिकटक बन्द गर्न नमान्ने छोरीको हत्या
एक पाकिस्तानीले टिकटकमा आफ्नो खाता बन्द गर्न नमानेपछि आफ्नी छोरीलाई गोली हानेर हत्या गरेको पाकिस्तान प्रहरीले शुक्रबार जनाएको छ। मुस्लिम बहुलता भएको देशमा सार्वजनिक रूपमा व्यवहार गर्ने कडा नियमहरू पालना नगरेमा महिलाहरू परिवारका सदस्यहरूबाट हिंसाको शिकार हुन सक्छन्। यसमा अनलाइन स्पेसहरू पनि समावेश छन्। “केटीका बुबाले उनलाई आफ्नो टिकटक खाता बन्द गर्न […]
रसुवा पुल बगेपछि कैलाश मानसरोवर जाने वैकल्पिक नाका खोल्न आग्रह
पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले नेपाल चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्री समस्यामा परेको बताएको छ। टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले शुक्रबार एक विज्ञप्ती जारी गरी गत मङ्गलबार विहान लेहेन्दे खोलामा आएको बाढीका कारण पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्री समस्यामा परेको बताउनुभएको हो। टानले […]
लचिलो मौद्रिक नीति: व्यक्तिगत आवास र शेयर कर्जामा थप लचिलो
नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षका लागि सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याइएको बताउनुभएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ मार्फत राष्ट्र बैङ्कले ब्याजदर थप घट्नेगरी बैङ्कदर तथा नीतिगत दर घटाइएको छ भने व्यक्तिगत आवास र शेयर कर्जामा थप लचिलो नीति अबलम्बन गरिएका छन्। “सहज मुद्रास्फीति, सुविधाजनक विदेशी विनिमय सञ्चितिको स्थिति […]
जनता अलमल्याउने कुरा नगरौः प्रधानमन्त्री केपी ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरू समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै लागत लाग्ने र जनताले दुःख पाउने अवस्था परिवर्तन गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा असार २७ गते भएको राष्ट्रिय विकास समस्या समाधान समितिको ५४औँ बैठकमा समितिका अध्यक्ष प्रधानमन्त्री ओलीले आफूहरू विकासलाई केन्द्रित गरेर अगाडि बढे पनि सोचेजति कामले गति […]
“….अनि ४० कटेपछि रमाउला भनेर हुन्छ ?” – केपी शर्मा ओली
कुनै पनि देश हुनका लागि जनसङ्ख्या चाहिन्छ। जनसङ्ख्या बिना देश हुँदैन। पहिलो शर्त जनसङ्ख्या हो। जनसङ्ख्या भयो भने जनसङ्ख्याले देश बनाउँदो पनि रहेछ। कति वर्ष देश नभएको जनसङ्ख्याले देश बनाएको हामीले देखेका छौँ। इजरायलसँग देश थिएन। दोस्रो विश्वयुद्धको लगत्तैपछि इजरायल देश बन्यो। किनभने, त्यो बनाउने जनसङ्ख्या थियो। भूगोलले देश बनाउँदैन। भूगोल त जनसङ्ख्या र […]
सीताको नाममा प्रचण्डको एक दिन मानवसेवा आश्रममा
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी दिवङ्गत श्रीमती सीता दाहालको दोस्रो स्मृति दिवसका दिन मानवसेवा आश्रम काठमाडौँको रानीवन सेवा केन्द्रमा पुगेर जीवनसाथी दाहाललाई स्मरण गर्नुभएको छ। उहाँले पत्नी सीताको स्मृतिलाई दिगो राख्न र सबैलाई यस्तो कार्यले प्रेरणा मिलोस् भन्ने उद्देश्यले आश्रममा आश्रितहरूका साथमा यस दिनलाई समर्पण गरेको […]
नेपाललाई ४७ हिमतालको खतरा, पृथ्वीको तापमान बढ्नुको असर
गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आयो। बाढीका कारण चीन–नेपालका गरी अहिलेसम्म १९ जना नागरिक बेपत्ता छन् भने सात जनाको मृत्यु भएको छ। तीस मेगावाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने मितेरी पुल बगाएको छ। एक सयभन्दा बढी इलेक्ट्रिक सवारीसाधन बाढीसँगै बगेर गयो भने चीनसँगको व्यापार अवरुद्ध भएको छ। […]
मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा
वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाइमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टीगत गर्दै मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को असार २६ गते साँझको बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो। बैठकले सुक्खाग्रस्त मधेश […]
मोटरसाइकलमा लाखौ भारु बोकेर सीमा पार गर्ने २ पक्राउ
स्रोत नखुलेको २३ लाख २८ हजार ५०० नेपाली र दुई लाख १५ हजार ५० भारतीय मुद्रासहित सशस्त्र प्रहरीले यही असार २६ गते दुई जनालाई नियन्त्रणमा लिएको छ। सर्लाहीको मलङ्गवा नगरपालिका–८ सीमा इलाकाबाट १४ लाख नेपाली रुपैयाँसहित सोही नगरपालिका–२ बस्ने ३६ वर्षीय इन्द्रजितप्रसाद साहलाई नियन्त्रणमा लिइएको हो। भारतरबाट बिआर ३० के ४००९ नम्बरको […]