नारायणहिटी राजदरबार (फोटो फिचर)



नारायणहिटी दरबार नेपालको अन्तिम राजाको राजदरवार हो । नेपालको राजाहरूको १३५ वर्ष सम्म निवासस्थानको रूपमा रहेको यो भवनलाई नेपाल गणतन्त्रात्मक राज्य घोषणा भए लगत्तै बि.स. २०६५ असार १ गते राजदरवार वाट राष्ट्रिय सङ्ग्रहालय बनाउने घोषणाका साथ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झन्डोत्तोलनका गरी सङ्ग्रहालयको घोषणा गरेका थिए । त्यस अघि भवनको मुल खम्वामा नेपालको राजाको विशेष झण्डा फहरिन्थ्यो । त्यसको ठिक ८ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले सङ्ग्रहालय सर्वसाधारणको लागि खुल्ला गराएका थिए । नारायणहिटी सङ्ग्रहालय ७५३ रोपनी क्षेत्रफलमा फैलिएको छ भने दरबारले ३१८ रोपनी क्षेत्रफल ओगटेको छ ।

 

 

 

काठमाडौँ, २२ माघ ः नारायणहिटी राजदरबारको महेन्द्र ज्ञारेजमा राखिएका स्वर्गीय युवराज दीपेन्द्र, अधिराजकुमारी ७नतसुती तथा नीराजनले प्रयोग गरेका बाल्यकालका गाडीहरु । तस्वीर ः विमलबहादुर विष्ट÷ रासस

 

 

काठमाडौँ, २२ माघ ः नारायणहिटी दरबार सङग्रहालयमा दर्शकहरुको अवलोकनका लागि राखिएको स्वर्गीय राजा वीरेन्द्रले प्रयोग गर्दै आउनुभएको एभ्रो विमान । तस्वीर ः विमलबहादुर विष्ट÷ रासस
Comments Box