भुकम्पमा भत्किएको ‘मनाङ गुम्बा’को पुनःनिर्माण कार्य सम्पन्न



२०७२ वैशाख १२ गते गएको विनासकारी भुकम्पले अन्य थुप्रै संरचनाहरु सँगै देशका थुप्रै सम्पदाहरु समेत भत्किएको थियो । तिनै देशका थुप्रै सम्पदाहरु मध्धे एक थियो मनाङवासीहरुको आस्थाको धरोहरको रुपमा रहेको स्वयम्भूस्थित मनाङ गुम्बा ।

 

 

२०७८/१०/२४ गते भेन. मानिवा लामा गुरु शेरब ग्याल्जेन रिन्पोछे ज्युको आशिर्वाद र थुप्रै मनका धनी दाताहरुको सहयोगबाट पुर्न निर्माण गरिएको गुम्बाको निर्माण कार्य सम्पन्न भएको मनाङ समाज सेवा समितिले जनाएको छ।

 

 

समाजका अध्यक्ष मुखिया गुरुङका अनुसार पुनःनिर्माण कार्य सम्पन्न भएको सुखद अवसरमा ३ दिन सम्म रम्ने पुजा आयोजना भएको छ ।

 

 

पुन:निर्माण कार्य सम्पन्न गर्न सहयोग पुर्याउने लाई सम्मान

पुन:निर्माणका लागि काठमाडौं महानगरपालिकाबाट बजेट उपलब्ध गराउन उल्लेखनीय भूमिका निर्वाह गर्नु भएका मनाङका साम्सद पोल्देन छोपाङ गुरुङ र ङिस्याङ मनाङ वमेन सोसाइटी कि संस्थापक अध्यक्ष छेटे गुरुङ लाई सम्मान गरिएको मनाङ समाज सेवा समितीले जनएको छ ।

 

सांम्सद गुरुङले भन्नुभयो ‘गुरुज्युको आशिर्वाद र सबैको सहयोगमा गुम्बा निर्माण कार्य सम्पन्न भएकोमा सबैलाई बधाई दिदै धन्यवाद ज्ञापन गर्दछु ।’

 

 

मुखिया गुरुङको अध्यक्षतामा मनाङ समाज सेवा समितिको नयाँ कार्यसमिति

 

Comments Box