मुखिया गुरुङको अध्यक्षतामा मनाङ समाज सेवा समितिको नयाँ कार्यसमिति



भेन मनिवा लामा गुरु शेरप ग्याल्जेन रिन्पोछे को प्रमुख अतिथ्यमा मनाङ समाज सेवा समितिको साधारण सभा तथा कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। मनाङ वासिहरुको धरोहरको रुपमा रहेको मनाङ समाज सेवा समितिले गत असार मा आएको वाढि पहिरोका कारण मनाङमा भएको अपुर्णनिय क्षति पछि राहत र पुनस्थापनामा महत्वपुर्ण योगदान गरेको थियो भने स्थापना देखि नै थुप्रै अरु राम्रा काम गर्दै आएको छ।

 

 

समाजका निवर्तमान अध्यक्ष सुनिल गुरुङको सभापतित्व भएको साधारणसभा कार्यक्रममा आगामी कार्यकालको लागि मखुिया गुरुङको अध्यक्षतामा सर्वसम्मत रुपमा कार्यसमिति निर्बिरोध निर्वाचित भएको थियो।

मखुिया गुरुङको अध्यक्षतामा रहेको कार्यसमितिमा खम्सुङ गुरुङ, टासी गुरुङ, थुप्तेन गुरुङ, च्युङ गुरुङ, छवाङ ग्युरमे गुरुङ, भुजुङ गुरुङ, लाक्पा डेन्दु गुरुङ, सोनाम छिरिङ गुरुङ, ख्यालचेन गुरुङ, साङदो गुरुङ, पेमा टासी गुरुङ, जय ब गुरुङ, मदन गुरुङ रहेका छन्।

 

साधारण सभामा निवर्तमान महासचिब सुनाम घ्याम्जो घलेले कार्य पत्र र निवर्तमान कोषाध्यक्ष च्युङ गुरुङले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने उक्त कार्यक्रममा काङ गुम्बा मर्मत सम्भारमा आर्थिक सहयोग गर्नु हुने तथा विविध कार्यमा योगदान पुर्याउनु भएका महानुभावहरुमा सम्मान पत्रबाट सम्मान गरिएको थियो।

यसैबिच मनाङ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननिय पोल्देन छोपाङ गुरुङले एक विज्ञप्ती जारी गर्दै समितिका नयाँ पदाधिकारीलाई बधाई तथा शुभकामना दिनुभएको छ । साथै मनाङ-मर्स्याङ्दी क्लब, Manang Women Empowerment Group, लगाएत थुप्रै सामाजिक सङ सस्था र व्यक्ती हरु ले समेत नयाँ कार्य समिती लाई बधाई तथा शुभकामना दिएका छन ।

 

 

 

 

Comments Box