सद्धर्म अर्थात बुद्धधर्मका रक्षक धर्मपाल शिव



शिवजीलाई बौद्धहरुले बौद्ध धर्मका गृहस्थ उपासक र बुद्ध धर्मलाई रक्षा गर्ने धर्मपालको रुपमा चिन्दै आएका छन्। त्यही कारणले नेपाली बौद्ध पशुपतिनाथको मंदिरमा भित्र-बाहिरका विध्नबाधाहरुलाई हटाउनका लागि बलि (पशुबली नभएर नैवेध्य आदि) चढाउन जान्छन् । विशेष दिनमा पशुपतिको मुख्य प्रतिमामा पंन्चबुद्धको मुकुट पनि लगाइन्छ, यहि कारणले ।
बौद्धहरु उहाँलाई “भगवान” भनेर संबोधन गर्दैनन किनकी भगवान भन्ने उपाधि बुद्धहरुलाई मात्र प्रयोग गरिन्छ । “भगवान” एक बौद्ध प्राविधिक शब्द हो जसको गहिरो अर्थ लाग्छ । यो शब्द पहिलो पटक बुद्धलाई संबोधन गर्न प्रयोग गरिएको थियो। र यस्को परिभाषा यसरी गरिन्छ – त्यो मात्र भगवान हो जस्ले चारै मारलाई “भग्न” (प्रहाण) गरिसकेको हुन्छ। ती चार मारहरु भनेको स्कन्ध, देवपुत्र, मृत्यु र क्लेश हुन् । बौद्ध धर्म अनुसार यी चार माथिको पुर्ण विजयलाईनै “बुद्धता” भनिन्छ र यो संम्पुर्ण ब्रह्माण्डमा खाली बुद्धलेमात्र यी चारैमारलाई पुर्णरुपमा प्रहाण गरिसकेका हुन्छन भनेर मानिन्छ । शिव लगाएतका देवताहरु भगवान बुद्धको शिक्षा ग्रहण गर्दै गृहस्थ उपासकको रुपमा यी मारहरुलाई प्रहाण गर्दै गरेको अवस्थामा यिनलाई यो उपाधी दिइदैन ।
यो आलेख बिवेक शर्माले लेख्नुभएको हो । शर्मा हाल थाईल्यान्डमा बुद्ध दर्शनमा पि.एच.डि गर्दै हुनुहुन्छ ।
Comments Box