यार्सा सङ्कलन हत्याकाण्डका कैदीबन्दीको कैद मिनाहा

३ असोज (रासस) :   विसं २०६६ असार २६ मा यार्सागुम्बा सङ्कलनमा आएका सात गोर्खाली युवाको हत्या गरी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीको कैद मिनाहा गरिएको छ । संविधान दिवसको अवसरमा कर्तव्य ज्यान मुद्दामा सामूहिक हत्यामा संलग्न भई जिल्ला कारागार मनाङमा कैद सजाय भुक्तान गरिरहेका पाँच कैदीबन्दीको कैद मिनाहा गरिएको हो ।     […]

गरिबीमुक्त भएपछि मात्र समाजवाद पहिल्याउन सकिन्छ : ऊर्जामन्त्री भुसाल

३ असोज (रासस) : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई मुक्त गरेर मात्र संविधानले निर्दिष्ट गरेको समाजवादको लक्ष्य पहिल्याउन सकिने बताउनुभएको छ । उहाँले भन्नुभयो, “समाजवादमा त्यतिखेर जान्छौँ, जतिखेर गरिबीको रेखामुनि रहेका १८ प्रतिशतभन्दा बढी जनसङ्ख्या मुक्त हुन्छन् ।”     संविधानले सरकारी, निजी र सहकारी क्षेत्रको संयुक्त प्रयासबाट आर्थिक समृद्धि […]

पाकिस्तानमा संविधान दिवस

३ असोज (रासस) :  संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा पाकिस्तानको राजधानी इस्लामावादस्थित नेपाली दूतावासमा आज एक कार्यक्रम आयोजना गरियो । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले नेपाली राष्ट्रिय झण्डा फहराउँदै राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको शुभकामना सन्देश कार्यक्रममा वाचन गरिएको थियो ।     पाकिस्तान सरकारले लागू गरेको स्वास्थ्य, सुरक्षासम्बन्धी मापदण्ड पालना […]

संविधान कार्यान्वयनको गहन समीक्षा र पुरावलोकन आवश्यक : संविधानविद्

३ असोज (रासस) :   पूर्वप्रधान्यायाधीश, संविधानका जानकार तथा राजनीतिक दलका नेताले पूरा अवधि काम गर्न नपाउँदै बहुुमतको सरकार फेरिने तथा पटक–पटक संसद् विघटनको घटनाले संविधान कार्यान्वयनको अवस्थाबारे गहन समीक्षाको आवश्यकता औँल्याउनुुभएको छ ।     संविधान दिवसका अवसरमा नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आज यहाँ आयोजित ‘संवैधानिक दूरदृष्टि र नेपालको वर्तमान अभ्यास’ विषयक […]

पशुपति क्षेत्रको वाग्मती किनारमा विशेष सफाइ

२ असोज (रासस) :   पशुपति क्षेत्रथित भष्मेश्वर घाटमुनिको वाग्मती नदी किनार र त्यस वरपरको क्षेत्रमा विशेष सफाइ गरिएको छ ।     वाग्मती सफाइ महाअभियानको ४३६औँ हप्तामा भष्मेश्वर घाट क्षेत्रमा ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ नाराका साथ सफाइ गरिएको हो । सफाइमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापा, कार्यकारी निर्देशक डा घनश्याम […]

चाडबाडमा सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन

२ असोज (रासस) :  प्रहरी प्रधान कार्यालयले चाडबाड केन्द्रित सुरक्षा योजना बनाएर लागू गर्न मुलुकका ७७ वटै प्रहरी कार्यालय र मातहतका इकाइलाई निर्देशन दिएको छ ।नजिकिँदै गरेको दशैँ, तिहार, छठ, इदलगायत चाडपर्व भयरहितरुपमा मनाउन विशेष सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन दिइएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।     “चाडपर्वमा कुनै पनि […]

मल्कवाङमा तामाखानीको सम्भाव्यता अध्ययन

२ असोज (रासस) :  धौलागिरि गाउँपालिका–५ मल्कवाङस्थित तामाखानीको सम्भाव्यता अध्ययन गरिएको छ । एक शताब्दीअघि बन्द भएका तामाखानीको संरक्षण र उत्खनन् गर्न खानी तथा भूगर्भ विभागले अध्ययन प्रक्रिया थालेको हो ।     दुई चिनियाँ प्राविधिकसहितको टोलीले खानी रहेका ठाउँको अध्ययन गरेको मल्कवाङका वडाध्यक्ष खर्ककुमारी छन्त्यालले जानकारी दिनुभयो । “टोलीले भौगोलिक अवस्था र सुरुङबारे अध्ययन […]

गुण एयरलाइन्सको विद्युतीय बस सञ्चालनमा

२ असोज (रासस) :   निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आन्तरिक उडानका यात्रुका लागि वातानुकुलित दुई विद्युतीय बस सेवा सञ्चालनमा ल्याएको छ ।यही असोज १ गते शुक्रबारदेखि आफ्नो नियमित उडान सुरु गरेको कम्पनीले आन्तरिक विमानस्थलमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान […]

सरकारका ६० दिन : मन्त्रिमण्डल विस्तारमा ढिलाइ, केही राम्रा कामको सुरुआत

२ असोज (रासस) :  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विशेष परिस्थितिमा सरकारको नेतृत्व समालेको दुई महिना पूरा भएको छ । साठी दिनको समय ठूलो उपलब्धी हासिल गर्न पर्याप्त त होइन तर देशमा व्याप्त अन्योल र अस्थिरताबाट मुलुकलाई स्थिरता प्रदान गर्ने गहन जिम्मेवारी भने प्रधानमन्त्री देउवाकै काँधमा छ । अर्कातर्फ मुलुक कोभिड–१९ महामारीको कहरमा गुज्रिरहेका बेला […]

आइक्यानको अध्यक्षमा युद्धराज ओली

२ असोज (रासस) :   नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपाल ‘आइक्यान’ को अध्यक्षमा सीए युद्धराज ओली निर्विरोध निर्वाचित हुनुभएको छ । आइक्यानले लेखा व्यवसायको नियमन, शिक्षा तथा प्रवद्र्धनको काम गर्दै आएको छ ।   महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले ओलीलाई शुक्रबार पद तथा गोपनीयताको सपथ गराउनुभयो । परिषद्का उपाध्यक्ष तथा अन्य सदस्यले पनि सपथ लिएका थिए […]