प्रतिनिधिसभा : कोभिड–१९ खोपदेखि नागरिकतासम्मका विषयमा ध्यानाकर्षण

१२ साउन (रासस) : प्रतिनिधिसभामा कोभिड–१९ सङ्क्रमण प्रतिकार्यका लागि आइसोलेशन र अस्पतालको क्षमता बढाउन, जनताका अत्यावश्यक समस्या सम्बोधन गर्न र नागरिकता विधेयक पारित गर्ने वातावरण बनाउन माग गरिएको छ ।   प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिँदै सांसद अन्जना विशङ्खेले कोभिड–१९ सङ्क्रमणको तेस्रो लहरलाई अझ बढी सङ्क्रमणको जोखिम आङ्कलन गरिएकाले स्वास्थ्य पूर्वाधार र उपचारका क्षेत्रमा […]

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

१२ साउन (रासस) :  प्रतिनिधिसभामा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६÷७७ पेश गरिएको छ ।   प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आयोगको वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नुभएको हो । सरकारले संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । शोक प्रस्ताव पारित   सभाले पूर्वप्रतिनिधिसभा सदस्य विष्णुबहादुर तामाङको […]

बाल विवाह अन्त्यका लागि रणनीति स्वीकृत

१२ साउन (रासस) : लुम्बिनी प्रदेश सरकारले बाल विवाह अन्त्यका लागि प्रदेशको रणनीति स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षा तथा सामाजिक विकास मन्त्रालयको प्रस्तावमा रणनीति अनुमोदन गरेको हो ।   प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले कानूनले बीस वर्षभन्दा कम उमेरमा हुने विवाहलाई बाल विवाह मानी निषेध गरेका कारण यसको अन्त्यका लागि रणनीति […]

अझै पूरा भएन ढोलाहिटी–लेले सडक

१२ साउन (रासस) : निर्माण शुरु भएको पाँच वर्ष बितिसक्दा पनि ललितपुरको ढोलाहिटी–लेले सडक पूरा भएको छैन । ढोलाहिटीबाट टाखेलसम्मको सडक कालोपत्र भए पनि टाखेलबाट लेले खण्डमा निर्माण बाँकी छ ।   टाखेलबाट टीकाभैरबसम्म जङ्गल क्षेत्रमा मापदण्डानुसार सडक निर्माणका लागि निर्माणस्थल खाली भइरहेको काठमाडौँ चक्रपथ विस्तार आयोजनाले जनाएको छ । सो क्षेत्रमा अहिले भित्तामा ‘कटिङ’ […]

केबुलकार सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक

१२ साउन (रासस) : कालीकोटको नरहरिनाथ गाउँपालिका– १ को कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म जोड्ने केबुलकारको सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक गरिएको छ ।   कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कालीकोटका नौ वटै स्थानीय तहका प्रतिनिधि, कर्णाली प्रदेश योजना आयोग र कर्णाली प्रदेशका मन्त्रीका बीच सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो । कर्णाली प्रदेश सरकारले […]

५६ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ पु¥याइने

१२ साउन (रासस) : खेतीयोग्य जमीनमा सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालनमा आएको बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले आफ्नो कामलाई तीव्र पारेको छ । आयोजना प्रमुख राजु आचार्यले अहिले सिँचाइका पूर्वाधार निर्माणलाई अघि बढाएकोे जानकारी दिनुभयो ।     “यो कार्यालयको उद्देश्य भनेको ५६ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ पु¥याउने हो, सोही अनुरुप हामीले काम गर्न थालेका […]

खोप प्रभावकारी सञ्चालनको तयारी

१२ साउन (रासस) :  कोभिड १९ रोकथाम र नियन्त्रणका लागि कञ्चनपुरमा खोप अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिने भएको छ । जिल्ला कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले साउन १३ गते देखि १९ गतेसम्म खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पहिलो चरणमा भेरोसेल खोप साउन १३ गते देखि १६ सम्म र त्यसपछि ‘जोन्सन […]

कागज उद्योग स्थापना हुँदै ः दैनिक ७५ टन उत्पादन हुने

११ साउन (रासस) :  महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा रु एक अर्ब ५० करोडको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि आज शिलान्याश भएको छ । आज आइएमइ समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिज प्रालीको शिलान्याश गर्नुभएको हो ।   अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ ज्ञवालीलगायतको […]

हराएका बालबालिकाको उद्धार

११ साउन (रासस) : बाँकेको कोहलपुरबाट छ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट उद्धार गरिएको छ । कोहलपुर नगरपालिका–४ निवासी ११ वर्षीय रोशन बादी, उनका भाइ सात वर्षीय विशाल र पाँच वर्षीया पूजा बादीलाई उद्धार गरी रुपन्देही हुँदै कोहलपुर ल्याइएको छ । बरेलीस्थित नारी निकेतन अनाथाश्रममा रहेका उनीहरुलाई रुपन्देहीस्थित ‘मानवकल्याण मित्र मञ्च’ नामक […]

सबै नागरिकलाई कोरोना विरुद्धको खोप

११ साउन (रासस) : कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने बताउनुभएको छ । संवाद समूहले यहाँ आयोजना गरेको ‘कर्णालीमा कोरोनाको अवस्था र तयारी’ विषयक अन्तक्र्रियामा सबै नागरिकलाई खोपको व्यवस्था प्रदेश सरकारले गर्ने उहाँले जानकारी दिनुभयो ।   औषधि र जनशक्तिको अभावमा नागरिक सेवा लिनबाट वञ्चित हुन नपरोस् भन्दै मन्त्री […]