लुम्बिनी प्रदेशसभा सदस्य यादव निलम्वित



तुलसीपुर । लुम्बिनी प्रदेशसभा सदस्य जानकीप्रसाद यादवलाई प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको छ । यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेकापछि उनी स्वतः निलम्वनमा परेका लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ ।

 

प्रदेशसभा सचिव दुलर्भकुमार पुनले सूचना जारी गरी यादवविरुद्धको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतःनिलम्वनमा रहने कानुनी व्यवस्था रहेकाले सोहीअनुसार निलम्वन गरिएको जानकारी दिए । उनीविरुद्ध सार्वजनिक सम्पत्ति (वन पैदावार) को हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्ने विषयमा यही फागुन ८ गते विशेष अदालतमा मुद्दा परेको हो ।

उनी कपिलवस्तु क्षेत्र नं ३ को २ बाट निर्वाचित प्रदेशसभा सदस्य रहेका थिए  । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित यादव यसअघि उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री  रहेका थिए ।

Comments Box