नेपाल मा ९० हजार यूएस डलर पर्ने “जुम क्रेन”

नेपालको उत्तरी नाका रसुवागढीबाट आयात भएको जुम क्रेन ।   रसुवाको सबैभन्दा ठूलो २१६ मेगावाट क्षमताको अपर त्रिशूली वान जलविद्युत निर्माणका लागि यो क्रेन प्रयोग गरिने छ भने यसको मूल्य करीब ९० हजार यूएस डलर पर्छ । तस्वीरः ज्ञानेन्द्र न्यौपाने, रासस

हतियार हस्तान्तरण कार्यक्रम (तस्विरहरु)

नेपाली सेनाले नेपाल प्रहरीलाई ३०० थान हतियार उपलब्ध गराएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापालाई सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उक्त परिमाणको इन्सास, एसएलआरलगायतका हतियार र सोको गोली एवं आवश्यक पार्टपुर्जा हस्तान्तरण गर्नुुभएको हो । मन्त्रिपरिषद्को गत जेठ १७ को निर्णयानुसार सेनाले १० हजार ८१८ नाल हरियार तथा १४ लाख ९४ हजार […]

ताप्लेजुङको याङ क्षेत्रमा फुलेको सुनपाती

  समुद्री सतहदेखि चार हजार ४०० को उचाइमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, याङमा क्षेत्रमा फुलेको सुनपाती । तस्बिर ःदिलकुमार लिम्बु÷रासस    

फेवातालमा बर्षाका कारण पानीको सतह बढेर डुबानमा परेका डुङ्गा (फोटो फिचर)

  अविरल बर्षाका कारण पानीको सतह बढेपछि डुबानमा परेको फेवातालस्थित बाराही घाट ।       अविरल बर्षका कारण पोखराको फेवातालमा पानीको सतह बढेर किनारमा बाँधेर राखिएको डुङगा पानीले डुबाएपछि निकाल्दै डुङ्गा चालक ।  तस्बिरः राधिका कँडेल÷ रासस   तस्बिर ः चन्द्रकला क्षेत्री÷रासस

मनमोहक तिलिचो ताल (फोटो फिचर)

तिलिचो ताल मनाङ जिल्लाको नेस्याङ गाउँपालिका वडा नं ९ मा पर्छ ।  यो ताल सामुन्द्रिक सतहदेखि चार हजार ९१९ (४,९१९) मिटर उचाइमा पर्दछ ।   यस ताल वरिपरि सेता टल्किने तिलिचो हिमाल, अन्नपूर्ण रेन्ज र नीलगिरि हिमाल रहेका छन् ।   सम्पूर्ण तस्बिर हरु: कर्मा नेग्दोङ      

चैतेधान भित्र्याउन चटारो

तनहुँको व्यास नगरपालिका–११, पोल्याङमा चैतेधान काट्दै किसान । कृषकलाई यति वेला चैतेधान भित्र्याएर असारे धान रोप्न चटारो छ । तस्बिरः कृष्ण न्यौपाने÷रासस

चट्याङ्ग

नेपालमा चैत्रदेखि जेठ महिनासम्म चट्याङ्गको जोखिम बढी हुने गर्छ । हरेक वर्ष कारीब ५०० जनाले  चट्याङ्गबाट ज्यान गुमाउने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले जनाएको छ । चट्याङ्गबाट सुरक्षित रहौँ ।  तस्बिर : राजु सुवाल स्थान : भक्तपुर न. पा. – ५ , त:मरी, कुल्माननि टोल

ठडिएको धरहरा : ( फोटो फिचर )

ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएको छ । भूकम्पले भत्काएको संरचना पुनःनिर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला हुने छैन । त्यसका लागि आगामी मङ्सिरसम्म समय लाग्ने बताइएको छ । विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । भूकम्प गएको तीन वर्षपछि मात्रै […]