आहा ! मनाङ – सुन्दर ताचै गाउं (फोटो फिचर)

आहा ! मनाङ फोटो फिचर मनाङको सुन्दरता प्रकाशित गर्ने माध्याम हो । तपाईं पनि यस फिचरका लागी हामीलाई फोटो प्रेशित गर्न सक्नु हुनेछ ।



हिमालपारीको जिल्ला भनेर समेत चिनिने मनाङ प्राकृतिक तथा सांस्कृतिक हिसावले निकै सुन्दर ठाउँ हो । आहा मनाङ शिर्षकको फोटो फिचरमा हामीले मनाङका सुन्दर तस्विरहरु प्रकाशन गर्दै आएका छौं ।


ताचै गाउं मनाङ को नासों गाउँपालिका वडा ८ मा पर्छ । यो सुन्दर गाउँ मनाङको सबैभन्दा उर्बर भुमी मध्य एक हो ।

दानाक्यु गुम्वा

नासों गाउँपालिका , दानाक्यु मा रहेको गुम्वा । हाल त्यहाँ कङ्युर पुजा चलिरहेको छ । फोटो: फेसबुक / @Danaquebagarchhap

मनाङको तिमाङ गाउँ समुन्द्री सतहबाट २,६३० मिटरको उचाईमा अवस्थित छ । वर्खायाममा कुईरो लागीरहने तिमाङमा , हिउँद याममा भने सुन्दर दृस्यावलोकन गर्न सकिन्छ ।

मनाङको नार्पाभुमी गाउँपालिका वडा नं ५ , फु गाउँमा रहेको श्री आर्गेन थि क्छोक टासी छुलिङ गुम्वा । यो गुम्वा मनाङ लामा कर्मा सोनाम रिन्पोछे बाट सन १९८३ मा निर्माण गर्नुभएको हो ।

फार्महाउस रिसोर्ट, भ्रताङ

मनाङ ङिस्याङ गाउँपालिका – १ भ्रताङमा स्याउ बगैचाको बिचमा रहेको ‘फार्महाउस रिसोर्ट’ तस्विर : तिलिचो न्युज

स्याउ बगैचाको बारेमा थप पढ्न:

एग्रो मनाङ द्वारा सन्चालित साउथ ईस्ट एशिया कै ठुलो हाई डेन्सिटी स्याउ बारी (भिडियो सामाग्री)

 


मनाङ ङिस्याङ गांउपालिका मनाङ (भौगोलिक परिदृश्य), फोटो: तिलिचो न्युज

मनाङ जिल्ला, मनाङ ङिस्याङ गाउँपालिका मा रहेको गंगापूर्ण ताल । तस्विर: स्नोमोन्कि मुखिया (Snowmonkey Mukhiya)

गङ्गापूर्ण तालका बारेमा थप पढ्न:

निक्कै साँघुरियो मनाङको गङ्गापूर्ण ताल

 


 

Comments Box