निक्कै साँघुरियो मनाङको गङ्गापूर्ण ताल



जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । हिमपातपछि मनाङका अधिकांस ठाउँ हिउँले ढकमक्क बनेको छ । समुन्द्री सतहदेखि तीन हजार ५४० मिटर उचाइमा रहेको गङ्गापूर्ण ताल पनि यही पुस ११ गते परेको हिमपातका कारण हिउँले भरिएको छ ।

 

२८ पुस ः समुन्›ी सतहदेखि तीन हजार ५४० मिटर उचाइमा रहेको ग्लेसियर हिमालले बनेको गङ्गापूर्ण ताल । यही पुस ११ गते परेको हिमपातका कारण हिउँले भरिएको छ । यस ताल मनाङ ङिस्याङ गाउँपालिका– ६ मनाङमा पर्छ । तस्बिर ः नवीन लामिछाने ÷रासस

 

 

निक्कै साँघुरियो मनाङको गङ्गापूर्ण ताल

22 Dec 2021

गङ्गापूर्ण ताल समुन्द्री सतह बाट ३,५४० मिटर उचाईमा रहेको छ ।
यो तालमा विभिन्न हिमालहरुबाट आएको पानी जम्मा हुन्छ ।

 

 

यो तालमा गङ्गापूर्ण हिमाल (७४५४ मि), अन्नपूर्ण(चौथों) हिमाल (७५२५मि) तथा अन्य हिमालहरुबाट निस्केका हिमनदीहरु आएर पानी र वरफ जम्मा हुन्छ ।

 

 

फापर , मनाङ गाउँ र गगांपुर्ण ताल
Photo by : Gopi Wagle

यो ताल हिमालपारिको जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका वडा नं ६ मा रहेको छ । ताल २१.८ हेक्टर मा फैलिएको भनिएपनी तालको क्षेत्र र गहिराही घट्दै गैइरहेको छ ।

 

ट्याङ्की मनाङका कान्छा लामाका अनुसार्, ‘पहिले ताल निकै माथी सम्म रहेको थियो तर अहिले दुबैतिरबाट पहिरो आएकाले ताल एकदम कम भएको छ’ ।

 

एकातिर विश्वव्यापी जलवायु परिवर्तनका कारणले हिमनदीहरु खुम्चिदै गएका छन भने, आर्को तर्फ अभिरल वर्षा र पहिरोको कारण तालमा गेग्रेन थुप्रीएर तालको निशानी नै मेटिने खतरा वढेको छ ।

 

मनाङका पूर्व जिविस सभापती कप्ली गुरुङका अनुसार पहिले गगांपूर्णमा एक्दम बाक्लो हिउँ जम्ने गरेको थियो । पहिले हिमनदी पनि निक्कै तल सम्म रहेको उहाँले बताउनुभयो ।

 

 

 

अन्नपूर्ण पदमार्गमा आउने पर्यटक मनाङ गाउँ आएपछि दुईदिन आराम गर्दा यस तालको वरिपरि गएर हिमनदी र अन्नपूर्ण दोस्रो, तेस्रो र चौथो हिमशृङ्खलाको अवलोकन गर्ने गर्छन् ।

 

राष्ट्रपति विध्यादेवी भण्डारीले समेत जलवायु परिवर्तनका कारण हिमाली जिल्ला मनाङ मा देखापरेका समस्या र अवस्थाका बारेमा गम्भिर चासो लिनुभएको थियो ।

 

हिमालपारीको जिल्ला मनाङमा राष्ट्रपतीद्वारा जलवायु परिवर्तनका कुरा

Comments Box