मनाङमा हिमपातका कारण अवरुद्ध सडक खुल्यो



जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । निरन्तरको हिमपात सगै मनाङको सडक अवरुद्ध भएको थियो । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार आज देखी मनाङ सदरमुकाम चामे देखी खाङसार र ङावल सम्मकाे माेटर बाटाे सुचारु भएको छ ।

 

 

 

मोटरबाटो सुचारु भएसगै विभिन्न कृयाकलापका लागी हुने आवत जावत सहज भएको जनाईएको छ ।

 

मनाङमा प्रि–मनसुन सुरु हुनुअघिको हिमपात

९ फाल्गुन २०७८, सोमबार: पछील्लो समय गत फाल्गुन ८ मा मनाङ ङिस्याङ गाउँपालिकाकाे, खाङ्सार, टंकी र मनाङ गाउँ, ब्राका, मुङ्जे, घ्यारु, ङावल, हुम्डे, पिसाङ र नार्पाभूमिकाे नार, फू, क्याङ तथा च्याखु साथै सदरमुकाम चामे बजार क्षेत्रसहित काेताे, थानचाेक, तिमाङ र नासाें गाउँपालिकाकाे तिल्चे, नाचे, ताचे, ओडार गाउँ, घेराङ गाउँ, घेलाञ्चाेक गाउँ, थाेंचे, धारापनी र तालगाउँमा हिमपात भएको जिल्ला प्रशासन कार्यलय मनाङले जनाएको छ । फाल्गुन ८ मा नै पोखरा मा यसघी कैले पनि नपरेको असिना पानी परेको थियो । गत साल १७ फाल्गुन २०७७ मा उक्त वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको थियो । तर जलवायु परिवर्तनका कारणले मौसमको पुर्वाअनुमान अफ्टेरो बन्दै गएको छ ।

 

 

मनाङमा हिमपात; स्याउ, उवालगायतका बालीलाई राम्रो हुने; किसान खुसी

२१ माघ २०७८: हिमपातले किसान भने खुसी भएका छन् । हिमपातले आलु, फापर, गहुँ, जौ र उवालगायतका बालीलाई राम्रो गर्ने किसानहरुले बताएका छन । हिमपात हुनु स्याउ खेतीका लागि समेत राम्रो मानिन्छ । पछील्लो समय मनाङमा आधुनिक स्याउका विरुवाहरु ल्याएर स्याउ खेती गर्ने किसानहरु वढेका छन ।

 

 

हिउँदयामको हिमपात तिनका लागि वरदान सावित हुने भएकाले उत्साह थपिने गरेको कृषि ज्ञान केन्द्र मनाङका प्रमुख राजेश गुरुङले बताउनुभयो । हिउँले जमिनको भित्री सतहलाई सिंचित गर्ने भएकाले कृषकले लगाएको अन्नबाली फस्टाउने उहाँको भनाइ छ । उहाँका अनुसार हिउँले स्याउ, ओखर, उवा, फापर, आलुलगायत फलफूल र अन्नबाली सप्रिन्छ ।

 

अपेक्षा गरेअनुरूप हिउँ पर्न नसक्दा स्याउलगायत फलफूल र अन्नबालीमा स्क्याप रोग

हिउँले फलफूल तथा तरकारीमा लाग्ने विभिन्न प्रकोपसमेत नियन्त्रण गर्न सघाउने उहाँ बताउनुहुन्छ । प्राङ्गारिक औषधिका रुपमा समेत हिउँको योगदान उत्तिकै हुने गर्छ । पछिल्ला वर्षमा अपेक्षा गरेअनुरूप हिउँ पर्न नसक्दा स्याउलगायत फलफूल र अन्नबालीमा स्क्याप रोग लागेकाले कम स्याउ उत्पादन हुनाका साथै गुणस्तरसमेत खस्किएको छ । यसपाली पनि अस्वभाविक र अपर्याप्त हिउँ परेको जनाईएको छ ।

 

हिमपातपछि मनाङका टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी , चामे , दानक्यु लगायतका अधिकांस ठाउँ हिउँले ढकमक्क बनेको छ ।

 

मनाङको ङिस्याङ गाउँपालिका ढुकुर पोखरीमा परेको सेताम्मे हिउँमा रमाइरहेका चखेवा, (राजहाँस) का एक जोडीतस्बिर ःनवीन लामिछाने÷रासस

 

जाडो याममा मनाङको रोमान्चक यात्रा

13 Jan 2022: बेला बखत मनाङ लगाएतका हिमाली क्षेत्रहरुमा जाडो याममा पर्यटन परवर्धनका बारेमा चर्चा हुने गरेको छ । हेर्नुहोस यसपाली हिउँ परेपछी मनाङमा गरिएको यात्राबारेको यो भिडियो सामाग्री:

 

 

मनाङमा हिमपात; अधिकांश भूभाग अझै हिउँले ढकमक्क

मनाङ, २८ पुस ः जाडो मौसमको सुरुआत भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो । हिमपातपछि मनाङका अधिकांस ठाउँ हिउँले ढकमक्क बनेको छ । बेसिशहर चामे सडक खण्डमा भने केहि सवारी साधन चल्न थालेका छन ।

पछील्लो समय पुस ११ गते परेको भीषण हिमपात अझै पनि पग्लिन सकेको छैन। माथिल्लो मनाङ र नार्पाभूमिमा बाक्लो हिमपात भएको छ ।

 

 

 

हिमपातका कारण अवरुद्ध मनाङको सडक भोली सम्म खुल्ने

पुष १५, २०७८: सडक आवागमन र जनजिवन बारे जिल्ला प्रसाशन कार्यलय, मनाङले लेखेको छ:

निरन्तरको हिमपात रेकिएसँगै माैषममा सुधार आएकाे छ।
सदरमुकाम चामे बजार र आसपासक्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल समेत भई हिउँ हटाई बाटो खाेली जनजीवन सामन्य बनाउने काम भएकाेछ।
नासाें गाउँपालिकाकाे दानाक्यूदेखि सदरमुकाम चामेतर्फ सडक आयाेजना कार्यालयद्वारा बाटोमा रहेको हिउँ स्काभेटर मार्फत सफा गर्दै आएको हुँदा भाेलि साँझसम्ममा सडक सुचारु गर्न लक्ष रहेको छ।
याकचौँरी घर नजिक ल्याउने समय
खर्कमा रहेका याकचौँरीसमेत हिमपातकै कारण बस्ती नजिक स्थान्तरण गरिन्छ । पशु चौपायालाई आहारा दिन र न्यानो पार्न तिनलाई बस्ती नजिक सार्ने गरिन्छ । हिमाली क्षेत्रमा हिमपातका बखत ठाउँठाउँमा सडक अवरुद्ध हुँदा पर्यटक तथा कामदारले समेत सास्ती भोग्नुपरेको छ । हिमपातले घरबाहिर निस्कन नसक्ने अवस्थामा कामदारले बाक्लो हिउँमा जमेर बसेका पशुचौपायालाई तातो आहारा दिनसमेत मुस्किल हुने गर्छ ।

मनाङमा निरन्तर ७२ घन्टे हिमपात – तापक्रम -20

मनाङ जिल्लाको सबै गाउँपालिकामा ७२ घन्टेदेखि भारी हिमपात । हिमपात कारण सवारी आवगमन ठप्प भएको छ भने तापक्रम माईनस बीस पुगेपछि जनजीवनमा झनझन कष्टकर हुँदै गएको छ ।

 

हिमपातले मनाङका विद्यालय बन्द; वार्षिक परीक्षा टुङ्गो भएन

चिसाले असहज भएपछि वार्षिक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ । गएको वर्षमा यो समयमा मनाङमा अन्तिम परीक्षाको नतिजा निकालिए पनि यसवर्ष परीक्षा नै लिन सकिएको छैन । आगामी फागुन–चैतबाट नयाँ शैक्षिक सत्रका लागि भर्ना लिएर पठनपाठन हुने गर्दथ्यो । तर यसवर्ष कतै त्रैमासिक र कतै अद्र्यवार्षिक परीक्षा मात्रै सकिएको छ । वार्षिक परीक्षाको अझै पनि टुङ्गो छैन । मनाङका शिक्षक, विद्यार्थी र अभिभावक हिमपात अगावै लमजुङ, चितवन, पोखरा, काठमाडौँतर्फ झर्ने गर्दथे । यस पटक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ ।

 

ङिस्याङ गाउँपालिका–६, माथिल्लो मनाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्दराज घिमिरेले मङ्सिर २२ मा परीक्षा सकाएर विद्यालय बन्द गरिएको बताउनुभयो । “हिउँले चिसो बढेपछि गाउँपालिकामा बैठक बसेर यसवर्ष जाडो अघिको पढाइलाई टुङ्ग्याउन बाध्य भयौं”, उहाँले भन्नुभयो ।

 

हिउँ नपरे फागुन १५ र परे चैत १ बाट विद्यालय खुला गर्ने निर्णय भएको छ । “कोरोना सङ्क्रमण्ले यस वर्ष साउनबाट शैक्षिक सत्र सुरु गर्नुप¥यो । गत वर्ष चैतबाट सुरु हुन्थ्यो,” उहाँले भन्नुभयो, “कोरोनाले शैक्षिक सत्र नै फेर्नुप¥यो ।”

 

आधारभूत तहका विद्यालय मङ्सिर २० गतेबाटै बन्द गरिएको छ । यसवर्ष शैक्षिक सत्रको ४ महिना पछाडि धकेलिएको छ । कोरोनाले २०७७ मङ्सिरमा लिनुपर्ने वार्षिक परीक्षा २०७८ असारमा लिनुपरेको घिमिरेले बताउनुभयो ।

 

ङिस्याङ गाउँपालिका शिक्षा तथा खेलकूद शाखा अधिकृत बाबुराम गैह्रेले माथिल्लो मनाङका सबै विद्यालय बन्द गरिसएिको बताउनुभयो । पुस १ गतेबाट लागू हुने गरी ४५ दिनको हिउँदे बिदा दिइएको छ । “मङ्सिर १७÷१८ बाट नै हिउँ पर्न थाल्यो । प्रायः गोरखालीका बालबच्चा छन् यहाँ । हिउँ पर्न थालेपछि गाह्रो भयो, बच्चा लानुप¥यो भन्दै अभिभावक आउने र बालबालिका लिएर जान थाल्नुभयो । विद्यार्थीलाई रोक्न सकेनौं र हामीले परीक्षा रोक्न बाध्य भयौं”, उहाँले भन्नुभयो ।

 

स्थानीय तहले माघ १५ गतेसम्मको लागि विद्यालय बन्द गरेपनि चिसोका कारण पठनपाठन हुन नसक्ने र विद्यार्थी नआउने भएकाले बिदा बाहेक विकल्प नभएको उहाँले बताउनुभयो । विद्यालय बिदा भएसँगै मनाङका शिक्षकले अन्य समय विद्यालय प्रशासन खोलेर बस्ने गरेको बताउँछन् ।

 

नार्पाभूमि गाउँपालिकाको फू गाउँस्थित फू आधारभूत विद्यालय मङ्सिर १५ गतेदेखि नै बन्द भएको शिक्षक कृष्णप्रसाद अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा बस्न सक्ने अवस्था छैन । चिसोले सबै तल झरिसक्नुभएको छ, विद्यालय बन्द गरेका छौं ।” उहाँका अनुसार नारमा रहेको आधारभूत विद्यालय पनि बन्दछ ।

 

सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णदास कोइरालाले चामे गाउँपालिकाले हिउँदे बिदा पुस १५ गतेदेखि माघ १५ गतेसम्मलाई मात्रै तोकेको बताउनुभयो । गाउँपालिकाले अघिल्ला वर्षमा ५० दिन तोकेको थियो । “कोभिडले विद्यालय चलाउन सकेनौं । गत जेठ ३१ पछिको बाढीपहिराले विद्यालय भवन बगाउदा अझ लामो समय विद्यालय खुलाउन सकेनौं । बाढीपहिराले जलविद्युत् बगाउदा अनलाइन कक्षा पनि चलाउन सकेनौं,” प्रधानाध्यापक कोइराला भन्नुहुन्छ, “बल्ल–बल्ल तीन महिना जति पढायौं । फेरि यहाँको चिसोले बन्द गर्नुप¥यो ।”

Comments Box