![](
https://tilichonews.com/wp-content/uploads/2021/12/Dane-Bohara_Simkot_RSS_17-1.jpg
)
हिमाली जिल्ला हुम्ला सिमकोट क्षेत्रमा यो वर्षकै पहिलो हिमपात भएको छ । बिहीबार मध्याह्नदेखि मौसममा बदली भइ रातिदेखि सिमकोट, बरगाउँ, बुराउसे, डाँडाफया लगायतका बस्तीहरुमा भारी हिमपात भएको छ ।
![](https://tilichonews.com/wp-content/uploads/2023/01/FarmHouse_Ad.png)
गत वर्षहरुमा पुस लाग्दा बित्तिकै धेरै पटक हिमपात हुने हुम्लामा यो पटक भने माघ पहिलो सातामा हिमपात भएको हो । हिमाली जिल्ला हुम्लामा यो वर्षकै पहिलो हिमपात भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।
![](https://tilichonews.com/wp-content/uploads/2021/02/Tilicho-Home.png)
![](https://tilichonews.com/wp-content/uploads/2021/12/Dane-Bohara_Simkot_RSS_17-1-300x200.jpg)
माघ महिनाको हिमपातले गर्दा हुम्लाको एक मात्र हवाई यातायात सेवा पनि अवरुद्ध हुने भएको छ । हुम्लाको माथिल्लो क्षेत्र नाम्खा गाउँपालिका लिमी, यारी क्षेत्रमा पनि भारी हिमपात भएको छ ।
माघमा हिउँ परेपछि अन्नबाली, फलफूल र जडिबुटीको सुबिकाल हुने आशामा किसान उत्साहित भएका छन् । यता मुगुको उच्च लेकाली क्षेत्रमा भने हल्का हिमपात भएको छ । अघिल्ला वर्षहरुमा कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्फा पुस लाग्ने बित्तिकै हिमपातले गाउँबस्ती सेताम्य देखिने गर्थे भने यो वर्ष माघ महिनासम्म पनि अझै ठूलो हिमपात हुन सकेको छैन ।