मस्र्याङ्दी नदीको तटीय क्षेत्र तथा होचा स्थानमा डुबान हुनसक्ने

अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मस्र्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको छ । मङ्गलबारदेखि परेको वर्षाका कारण आज मस्र्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको हो । पछिल्लो छ घण्टा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र तथा होचा स्थानमा डुबान हुनसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   लमजुङको घरेढुङ्गा, […]

“यो पञ्चायतकालीन निर्दलीय व्यवस्थाजस्तो बनाउन खोजिएको छ, संविधानको प्रस्तावनामै बहुदलीय प्रतिस्पर्धा उल्लेख छ, अहिलेको अभ्यास संविधान विपरीत छ”

महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासको क्षेत्रधिकारभित्र नपर्ने तर्क गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सरकारी पक्षको नेतृत्व गर्दै उहाँले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा संविधानसँग बाझिएको वा संवैधानिक इजलासले तोकेको हो ? भनी प्रश्न गर्दै उक्त विवाद संवैधानिक इजलासको […]

माथिल्लो मनाङ ङिस्याङमा खाद्यान्न अभाव

अविरल वर्षासँगै आएको बाढीले गर्दा ङिस्याङमा खाद्यान्न अभाव भएको छ । बाढी पहिराले सडक अवरुद्ध भएकाले माथिल्लो मनाङ ङिस्याङमा आपूर्ति हुन नसक्दा खाद्यान्न अभाव भएको छ । जिल्लामा होटेल व्यवसाय चल्ने हुँदा होटेलहरुले केही मात्रामा भण्डारण गरे पनि निरन्तर सामग्री आपूर्ति गर्न नसक्दा विपद्को समयमा खाद्यान्न अभाव भएको स्थानीयवासी विनोद गुरुङले जानकारी दिनुभयो । पर्यटकीय […]

मनाङको लेक तथा वस्तीमा अलपत्र परेका १७४ जनाको हेलिकोप्टरमार्फत उद्दार

मनाङको लेक तथा वस्तीमा अलपत्र परेका १७४ जनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ ।  शुक्रबार १३९ जना र बिहीबाटर ३५ जनाको उद्दार गरिएको हो । विघटित प्रतिनिधिसभा सदस्य माननिय पोल्देन छोपाङ गुरुङको पहलमा मनाङको सबैभन्दा विकट नार्पाभूमि गाउँपालिकाको फू गाउँको लेकबाट समेत हाई अल्टिटिउड हेलिकोप्टरको प्रयोग गरि उद्दार गरिएको हो।     बाढिको खबर आउने वित्तिकै […]

वन डढेलो; किन प्रभावकारी भएन नियन्त्रणको प्रयास ? (भिडियो सामाग्री)

यो सुख्खा याममा १० वर्ष यताकै सबैभन्दा धेरै डढेलो लाग्यो । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्रधिकरणका अनुसार, वितेको साढे चार महिनामा ७६ जिल्लाको २७ सय १३ ठाउँमा डढेलो लागिसकेको छ । नेपालमा वार्षिक सरदर २५०० डढेलोका घटना हुने गरेको देखिन्छ भने डढेलोबाट वार्षिक रुपमा करिब २ लाख हेक्टर वन क्षेत्र नोक्सान हुने गरेको […]

महिला एक्लै हिमाल चढ्न सक्छन् र भन्नेहरूलाई गतिलो जवाफ

–जमुनावर्षा शर्मा/पोखरा(रासस) ‘मानिसको जीवनमा धेरै रहर हुने गर्छन्, कुनै पूरा हुन्छन् कुनै हुँदैनन्। मलाइ पनि हिउँसँगको चुचुरोमा पुग्ने रहर निकै थियो पूरा भयो’ माघको ३ गते धम्पुस पिक (६०१२ मिटर) आरोहण गर्न सफल ४३ वर्षीय हीराकुमारी मल्ल एउटा सपना पूरा भएको अनुभव सुनाउँदै भन्नुभयो।  “म सन् २००७ बाट ट्रेकिङ गाइडका रूपमा काम गर्दै आएकी छु, […]

प्रधानमन्त्रीले प्रतिनिधिसभाकाे सामना गर्ने:तत्काल राजीनामा नदिने

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको सामना गर्ने र तत्काल राजीनामा नदिने भएको प्रधानमन्त्रीका सञ्चार सल्लाहकारले सामाजिक सञ्जालमा लेखेका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्न आदेश दिएपछि प्रधानमन्त्रीका सञ्चार सल्लाहकार सूर्य थापाले फेसबुकमार्फत उक्त जानकारी दिनुभएको हो। प्रधानमन्त्रीका सञ्चार सल्लाहकार सूर्य थापाले भन्नुभएको छ, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने […]

प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला, १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ ।विघटित प्रतिनिधिसभा पुर्नस्थापना गर्ने यो फैसला प्रधान न्ययाधीश चोलेन्द्र शम्शेर जवरा सहितको पाँच जनाको संवैधानिक इजलासले गरेको हो । संवैधानिक इजलासले फैसलाको १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र तेजबहादुर […]