प्रधानमन्त्रीले प्रतिनिधिसभाकाे सामना गर्ने:तत्काल राजीनामा नदिने



काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको सामना गर्ने र तत्काल राजीनामा नदिने भएको प्रधानमन्त्रीका सञ्चार सल्लाहकारले सामाजिक सञ्जालमा लेखेका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्न आदेश दिएपछि प्रधानमन्त्रीका सञ्चार सल्लाहकार सूर्य थापाले फेसबुकमार्फत उक्त जानकारी दिनुभएको हो।

प्रधानमन्त्रीका सञ्चार सल्लाहकार सूर्य थापाले भन्नुभएको छ, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन।’

यसका साथै सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भएपनि मान्नुपर्ने र कार्यान्वयन गर्नुपर्ने थापाले उल्लेख गरेका छन्।

Comments Box