प्रतिनिधिसभा पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसला, १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश



सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ ।विघटित प्रतिनिधिसभा पुर्नस्थापना गर्ने यो फैसला प्रधान न्ययाधीश चोलेन्द्र शम्शेर जवरा सहितको पाँच जनाको संवैधानिक इजलासले गरेको हो ।

संवैधानिक इजलासले फैसलाको १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र तेजबहादुर केसी हुनुहुन्छ।

Comments Box