मस्र्याङ्दी नदीको तटीय क्षेत्र तथा होचा स्थानमा डुबान हुनसक्ने



अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मस्र्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको छ ।

मङ्गलबारदेखि परेको वर्षाका कारण आज मस्र्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको हो । पछिल्लो छ घण्टा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र तथा होचा स्थानमा डुबान हुनसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

लमजुङको घरेढुङ्गा, राइनसटारलगायतका ठाउँमा पनि नदीले जलसतह सतर्कता पार गरेको छ । बाढीले छाब्दीखोला पुल बगायो अविरल वर्षासँगै आएको बाढीले व्यास–१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएको छ । बुद्धसिं मार्गअन्तरगत बेलबासनजिक रहेको पुल आज बिहान बाढीले बगाएको हो ।

af9Ln] aufPsf] 5fAbL vf]nf k’n
tgx’F, !& c;f/ . ut dªunaf/ ;fFemb]lv k/]sf] clj/n aiff{kl5 aufPsf] Jof;gu/kflnsf–! / !# hf]8g] 5fAbL bf]efgsf] kSsL k’n . a”4l;+ dfu{cGt{ut 5fnf sf/vfgf glhs /x]sf] pQm k’n aufPkl5 a’4l;+ dfu{cGt{ut a]naf;, kf]v/Le~Hof, a]lgsf]6, u’bL, ;’8sf] k’n ;f/fª x’Fb} lrtjg hf]l8g] dfu{ cj?4 ePsf] 5 . t:jL/ M ;fg]axfb’/ g]kfnL, /f;;

मङ्गलबारदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको छ । पुल बगाएसँगै स्थानीयवासीलाई वारपार गर्न समस्या भएको स्थानीयवासी अमर भण्डारीले जानकारी दिनुभयो । छिर्कनेमा घर पुरियो अविरल वर्षासँगै आएको पहिरोले आज बिहान व्यास नगरपालिका–१२ छिर्कनेमा एक घर पुरिएको छ । बिहान ३ बजे आएको पहिरोले घर पुरिएको हो । घर पुरिए पनि मानवीय क्षति भने नभएको स्थानीयवासीले बताएका छन् । घरमा रहेका पाँच जनाले भागेर ज्यान जोगाएका छन् ।

Comments Box