मनाङको लेक तथा वस्तीमा अलपत्र परेका १७४ जनाको हेलिकोप्टरमार्फत उद्दार



मनाङको लेक तथा वस्तीमा अलपत्र परेका १७४ जनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ ।  शुक्रबार १३९ जना र बिहीबाटर ३५ जनाको उद्दार गरिएको हो । विघटित प्रतिनिधिसभा सदस्य माननिय पोल्देन छोपाङ गुरुङको पहलमा मनाङको सबैभन्दा विकट नार्पाभूमि गाउँपालिकाको फू गाउँको लेकबाट समेत हाई अल्टिटिउड हेलिकोप्टरको प्रयोग गरि उद्दार गरिएको हो।

 

 

बाढिको खबर आउने वित्तिकै उद्दार र राहत पुर्याउन खटिएका गुरुङ, बुधवार भने मौसमको खराविका कारण तत्काल पुग्न सकेका थिएनन।

 

यार्सागुम्बा संकलनका लागि गएका उनीहरु फू गाउँदेखि दुई दिन लाग्ने लेकमा अलपत्र थिए।

 

वर्षासँगै आएको बाढीका कारण सम्पर्कविहीन बनेका उनीहरुको हेलिकोप्टरबाट उद्धार गरिएको हो । उनीहरू गत जेठ १५ गते यार्सागुम्बा टिप्‍न लेकतर्फ हिँडेका थिए ।

 

 

 

 

विघटित प्रतिनिधि सभा सांसद पाल्देन गुरुङ आफैँ उक्त  लेकमा उद्धारका लागि खटिएका थिए ।

 

 

 

फु  क्षेत्र समुद्री सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको छ । कोरोना संक्रमणको जोखिमले मनाङमा स्थानीयबाहेक बाहिरी जिल्लाकालाई यार्सा टिप्न प्रतिबन्ध लगाइएको छ ।

 

 

 

 

 

उद्दार गरिएका मध्ये केही बिरामी, केही बृद्धबृद्धा, अपांगता भएका, अशक्त व्यक्तिहरुलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

Comments Box