वन डढेलो; किन प्रभावकारी भएन नियन्त्रणको प्रयास ? (भिडियो सामाग्री)



यो सुख्खा याममा १० वर्ष यताकै सबैभन्दा धेरै डढेलो लाग्यो । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्रधिकरणका अनुसार, वितेको साढे चार महिनामा ७६ जिल्लाको २७ सय १३ ठाउँमा डढेलो लागिसकेको छ ।

नेपालमा वार्षिक सरदर २५०० डढेलोका घटना हुने गरेको देखिन्छ भने डढेलोबाट वार्षिक रुपमा करिब २ लाख हेक्टर वन क्षेत्र नोक्सान हुने गरेको छ । विगत ५ वर्षको तुलना गर्दा यो वर्ष डढेलोको घटना ४ गुणाले बढेको देखिएको छ । यसपाली चैत्रसम्म हेर्दा एकै दिन ५ सय वटासम्म डढेलोका घटना देखिएका छन् ।

यसै सन्दर्भमा आज हामीले सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष भारती पाठक सँग कुराकानी गरेका छौँ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले देशभरिका २२ हजारभन्दा बढि सामुदायिक वन उपभोक्ता समुहहरूको प्रतिनिधित्व गर्छ । अहिलेको डढेलोको मारमा हजारौँ सामुदायिक वनका उपभोक्ताहरू समेत परेका छन् ।

हेरौँ अध्यक्ष भारती पाठकसँग को कुराकानी:

Comments Box