संसदीय समितिमा ‘लाल बाकस’ खोजी

  १५ भदौ (रासस) :  संसदीय समितिमा नारायणहिटी दरबारमा मुलुकको महत्वपूर्ण काजजातसहितको दस्तावेज राखिने गरेको ‘लाल बाकस’को खोजी भएको छ ।     प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई विगतमा नारायणहिटी दरबारमा रहेको भनिएको ‘लाल बाकस’ बारे जिज्ञासा राखियो । सभापति रामनारायण बिडारीले भन्नुभयो, ‘“लाल […]

भारतीय सुरक्षाकर्मीले तुइन काटेपछि दार्चुलाका धामी बेपत्ता भएको १ महिना मा के के भयो ?

एक महिना हुन लाग्दा समेत कुनै ठोस कुरा सार्वजनिक नहुनुले सरकार को नियत माथी नै शङ्का बडेको छ ।   साउन १५ गते: गते भारतीय सुरक्षाकर्मीले तुइन काटेपछि दार्चुला ब्यासका ३३ वर्षका जयसिंह धामीको महाकाली नदीमा खसेर बेपत्ता ।   साउन १७ गते: सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन, […]

अब झुत्रा नोटबाट ब्रिकेट !

१५ भदौ (रासस) :  नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ । नेदरल्यान्डस्बाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको छ । चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई विगतमा जलाएर नष्ट गरिन्थ्यो […]

पर्यटन प्रवद्र्धनका लागि त्रिशूली नदीमा जिपलाइन

१५ भदौ (रासस) : पर्यटन प्रवद्र्धनका लागि त्रिशूली नदी माथि जिपलाइन सञ्चालन गरिने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने स्थानमा रिभर फन विच रिसोर्ट बुट्टारले जिपलाइन सञ्चालन गर्ने भएको हो ।   आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले रु दुई करोडको लागतमा जिपलाइन निर्माण भइरहेको रिभर फन विच रिसोर्टका […]

पाटनको भीमसेन जात्रा पूजामा सीमित

१५ भदौ (रासस) :  पाटन दरबार क्षेत्र मङ्गलबजारमा अवस्थित भीमसेनको जात्रा पूजामा मात्र सीमित गरिने भएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन भीमसेनको खटजात्रा हुने भएसँगै मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना महामारीलाई ध्यानमा राखी सो पूर्ण विधि नगरिने निर्णय भएको हो ।     भीमसेनको पूजा विधिपूर्वक गर्ने तर चल्दै आएको परम्परा अनुसार […]

नेपालसित मैत्रीपूर्ण फुटबल खेल्न भारतीय टोली काठमाडौँमा

१४ भदौ (रासस) :  नेपालसित मैत्रीपूर्ण फुटबल खेल्नका लागि भारतीय टोली आज काठमाडौँ आइपुगेको छ । भारतीय टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुलीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।   मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोली नेपालसित दुई मैत्रीपूर्ण खेल खेल्न नेपाल आइपुगेको हो । नेपालले यही भदौ १७ […]

श्रीलङ्कन एयरको काठमाडौँ सिधा उडान

१४ भदौ (रासस)  : श्रीलङ्कन एयरलाइन्सले भोलि मङ्गलबारदेखि काठमाडौँ–श्रीलङ्का सिधा उडान गर्ने भएको छ । एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।   उहाँका अनुसार श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान अनुमतिका लागि निवेदन दिएको छ […]

विश्व ॐकार एकता महाअभियान सुरु

१४ भदौ (रासस) :  धार्मिक, सांस्कृतिक सङ्घसंस्थालाई एकाकार गर्दै विश्व ॐकार एकता महाअभियान सुरु भएको छ । नेपाल सन्त समाजको संरक्षण र विश्व हिन्दू महासङ्घको अभिभावकत्वमा साउनमा देवघाटबाट शुरु भएको महाअभियानले वैदिक सनातन धर्म सापेक्ष राष्ट्र स्थापनाको विषयलाई मुख्य मुद्दा बनाएको छ । समाजमा ह्रास हुँदै गएको धार्मिक, सांस्कृतिक गतिविधि पुनःस्थापित गरी यसका वैज्ञानिक पक्ष […]

पुरातत्व विभागसँग समन्वय गरेर मात्र महाकवि देवकोटाको घर भत्काउन अन्तरिम आदेश

१३ भदौ (रासस) :  सर्वोच्च अदालतले पुरातत्व विभागसँग समन्वय गरेर मात्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले आज उक्त अन्तरिम आदेश जारी गरेको हो । आदेशको लिखित पाठ आउन बाँकी छ ।   सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार महाकवि देवकोटाको घरमा […]

नेपालमा प्रयोग भएको कोरोनाको खोप प्रभावकारी

१३ भदौ (रासस) :  नेपालमा पछिल्लो समयमा नियमित रूपमा लगाइएको कोरोना विरुद्धको खोपको प्रभावकारिता देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानबाट खोप लगाएका १३ हजार १६१ जनाको नमूना परीक्षण गर्दा ९० प्रतिशतसम्म एन्टिबडी देखिएको हो ।   मन्त्रालयले गत असार २१ गतेदेखि ३० साउनसम्म खोप लगाएका मानिसको नमूना परीक्षण गरेको थियो […]