काभ्रे बस दुर्घटना : १३ जना मृतकको पहिचान

बसमा ३९ जना सवार



काभ्रेको बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी चक्रराज जोशीका अनुसार मृत्यु हुनेमध्ये ७ जना एउटै वडाका छन् । मृतक ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ, ६ वर्षीया श्रेया तामाङ बनेपा नगरपालिका वडा नं ११ हुन् ।

 

मृतक १३ जनाको पहिचान भएको छ ।अन्य मृत्यु हुनेमा बनेपा १४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता श्रेष्ठ, मण्डनदेउपुर नगरपालिका-१ का ३७ वर्षीया जेली तामाङ, धुलिखेल-११ का ३० वर्षीय बुद्ध तामाङ, बेथानचोक- ५ का ३२ वर्षीय मञ्जु तामाङ छन् ।

 

बस चालक ललितपुर महांकाल-४ घर भई हाल पनौती-४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको समेत मृत्यु भएको छ ।मृतकमध्ये ४ जनाको नाम नखुलेको प्रहरी प्रमुख जोशीले जानकारी दिए ।

 

बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा३ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार राति दुर्घटना भएको थियो ।

 

दुर्घटनामा घाइते २२ जनाको धुलिखेल अस्पताल, बनेपाको शिर ममोरियल अस्पताल, मध्यपुर थिमि अस्पताल, वीर अस्पताल, न्यूरो असपताल बाँसबारीमा उपचार भइरहेको छ।

 

बसमा ३९ जना सवार थिए ।

 

Comments Box