मनाङ जाँदै गरेको ट्रक दुर्घटना

यस सडक खण्डमा यो भन्दा अघी पनि शृङ्खलावद्ध दुर्घटनाहरु भएका छन ।



वेशीसहर-चामे सडक खण्डको मर्स्याङ्दी गाँउपालिका वार्ड नं ४, स्याँगेमा ट्रक दुर्घटना भएको छ ।

 

स्थानिय मेग बहादुर गुरुङका अनुसार ग १ ख ३८९१ नम्बरको ट्रक सडक भासिएका कारण दुर्घटनामा परेको हो भने, दुर्घटनामा कुनै मानविय क्षति भएको छैन ।

 

 

बेशिशहर बाट चामेतर्फ जादै गरेको ट्रकमा निर्माण सामाग्रीहरु रहेको थियो । स्याँगेमा सडक ढलान भैईरहेका कारण वैकल्पिक मार्गबाट यतायात सुचारु गरिएको र वैकल्पिक मार्ग निरन्तरको वर्षाको कारण कमजोर बनेका बेला लोड भएको ट्रक पार हुन खोज्दा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

 

कतिपय स्थानियहरुले भने सडक विभाग र ठेकेदारको लापर्वाहीले यस्ता समस्या आउने गरेको भन्दै सामाजिक सन्जालहरुमा आक्रोश समेत व्यक्त गरेका छन ।

 

यस सडक खण्डमा यो भन्दा अघी पनि शृङ्खलावद्ध दुर्घटनाहरु भएका छन ।


२७ बैशाख २०७९, मंगलवार

मनाङमा जिप दुर्घटना; यात्रु समान्य घाईते

हिमालि जिल्ला मनाङको नासों गाउँपालिका- १ ताल गाउँ जाने घुम्तीमा जिप दुर्घटनामा परेको छ । मनाङ सदरमुकाम नजिकैको कोदोबाट लमजुङको सदरमुकाम बेसिशहर जादै गरेको ज ३ च ३४७० नम्बरको जीप दुर्घटनामा परेको हो ।

 

 

 

तालका स्थानिय निरन गुरुङका अनुसार जिपमा ४ जना सवार थिए  ।दुर्घटनामा परि जिप चालक, जिपमा सवार एक महिला र उनको दुई वर्षीय छोरा घाइते भएको प्रहरीले जनाएको छ । जिप ब्रेक फेल भएर दुर्घटना भएको मनाङका डिएसपी प्रेम सागर केसीले बताए ।  प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएको छ ।

 

सामाजिक सन्जालमा मनाङमा दुर्घटना बढेकोमा प्रयोगकर्ताहरुले चिन्ता व्यक्त गर्दै सतर्कता अपनाउनु पर्ने औँल्याएका छन ।


७ चैत्र २०७७, शनिबार

मनाङमा ट्रक दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

हिमाली जिल्ला मनाङको नासों गाउँपालिका ३ खोत्राेमा ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । लमजुङको बेंसीसहरबाट मनाङ सदरमुकाम चामेतर्फ जाँदै गरेको ध १ ख ५ सय ९२ नम्बरको ट्रक दुर्घटना हुँदा नासों गाउँपालिका ४ ओडारका ३५ बर्षीया मनिसा गुरुङ, सोही ठाउँका २६ बर्षीया जलकाशी गुरुङ र अन्दाजी ६/७ बर्षीय लिउन गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

मनाङका प्रहरी नायव उपरीक्षक सुवास खड्काका अनुसार शनिबार दिउँसो साँढे तीन बजेतिर दुर्घटना भएको हो । सिमेन्ट बोकेर ल्याएको ट्रक उकालो चढ्न लाग्दा अनियन्त्रित भई सडकबाट मस्र्याङदी नदीमा खसेको थियो । सडकबाट करिव ४० मिटर तल मस्र्याङदी नदीमा खसेको उहाँले बताउनुभयो । ट्रकका चालक, सहचालकसहित अन्य ५ जना घाइते भएका छन् । चालक सुमन तामाङ, सहचाहक लक्ष्मण नेपाल, नासों गाउँपालिका ४ का अन्दाजी ६/७ बर्षीय चिउन गुरुङ, सोही वडाका अन्दाजी ६/७ बर्षीय निहल गुरुङ रहेका छन् । अर्का एकजना पुरुष पनि घाइते भएको छन् । उनको परिचय नखुलेको प्रहरी नायब उपरिक्षक खड्काले बताउनुभयो ।

 

प्रहरीका अनुसार घटनास्थलमै मृत्यु भएका ३ जनालाई जिल्ला अस्पताल मनाङमा पोष्टमार्टमका लागि लगिएको छ । घाइते ५ जनालाई जिल्ला अस्पताल लमजुङ ल्याइँदै छ । वडा नम्बर ३ का अध्यक्ष मिनबहादुर गुरुङका अनुसार बेंसीशहरबाट सिमेन्ट बोकेर चामे जाँदै गरेको ट्रक खोक्रोमा दुर्घटना भएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले घाइतेको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयले उद्दार गरेको बताउनुभयो । घटनाको जानकारी पाउने वित्तिकै उद्दारमा खटिएको बताउनुभयो ।

 

माननीय गुरुङद्वारा शोक व्यक्त … 

प्रतीनिधि सभा सदस्य मानानीय पोल्देन छोपाङ्ग गुरुङ द्वारा मनाङको नासों गाउँपालिका ३ खोत्राेमा ट्रक दुर्घटनामा परी ज्यान गुमाउने हरु प्रती शोक ब्यक्त गर्नु भएको छ । आज एक बिज्ञप्ती जारी गर्दै मनानीय गुरुङले शोक ब्यक्त गर्नु भएको हो ।

बिज्ञप्तीमा उपचाररत सम्पुर्ण महानुभाव को शिघ्र स्वास्थ लाभको कामना पनि गरिएको छ ।

Comments Box