दाउन्‍नेमा बस पल्टिएर आगलागी

३१ जना यात्रु घाइते



नवलपरासी, ११ साउन: नवलपरासी पूर्वको दाउन्‍नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् ।

 

घाइते यात्रुमध्ये ६जनाको को अवस्था भने गम्भीर रहेको छ ।

 

 

कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख  डिएसपी सन्तोष पाठकले जनाकारी दिए । उनका अनुसार बसमा ३१ जना जना सवार थिए ।

 

https://youtube.com/shorts/vv6LCuUtW4E?feature=share

 

घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ । अन्यको स्थानिय मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ ।

Comments Box