सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण नेपालको ‘एनटिभी वर्ल्ड’ असोज ३ गतेभित्रै सञ्चालन गर्न निर्देशन दिनुभएको छ। सिंहदरबारस्थित नेपाल टेलिभिजनमा पुगेर उहाँले एनटिभी वर्ल्डको तयारी भइरेहकोमा निरीक्षण गर्दै व्यवस्थपानलाई आवश्यक निर्देशनात्मक सुझाव दिनुभएको हो। मन्त्री गुरुङले एनटिभी वर्ल्डले विश्वमा नेपाल जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै यसको सञ्चालनमा छिटो […]
ढोरपाटनमा वनफूलसँग पिरती
यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ। राता, पहेँला, बैजनी, गुलावी रङ्गमा फुलेका फुलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिचेको छ। एक दशक अगाडिसम्म ढोरपाटन घुम्न पुग्ने पर्यटक निकै कम थिए। जनैपूर्णिमामा ढोरबहार मन्दिरमा पूजा गर्न आउने भक्तजनबाहेक अन्य पर्यटक कमै पुग्थे। दर्शनका लागि पुगेको भक्तजनलाई फाँटैभरी फूलेको वनफूलले […]
दुधुवाका हात्ती शुक्लाफाँटाको चुरे क्षेत्रमा
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको चुरे फेदीका वन क्षेत्रमा जङ्गली हात्तीको बथान आइपुगेको छ। भारतीय दुधुवा नेसनल पार्कमा वर्षात्को पानी भरिन थालेपछि हात्तीको बथान प्रत्येक वर्ष चुरे क्षेत्रका वनमा आइपुग्ने गर्दछ। यस वर्ष हात्तीको बथान अरू वर्षको तुलनामा चाँडै चुरे क्षेत्रमा पुगेको छ। हात्तीको बथान बस्ती नजिकैका वन क्षेत्रमा दैनिक देखापर्न थालेपछि सामुदायिक वनमा उपभोक्तलाई […]
वनजङ्गलमा चोरी तस्करी रोक्न ‘ड्रोन’ को प्रयोग
पछिल्लो समय रौतहटको वनजङ्गलको निगरानी गर्न ‘ड्रोन’को प्रयोग गर्न थालिएको छ। डिभिजन वन कार्यालय रौतहटअन्तर्गत जङ्गल सहिया सबडिभिवन वन कार्यालय जङ्गल सहियाले चोरी तस्करी नियन्त्रण गर्नका लागि हिजोआज ड्रोन प्रयोग गर्न थालेको हो। विगत तीन महिनादेखि सो क्षेत्रको वनजङ्गलमा ड्रोनबाट नै निगरानी गरिँदै आएको छ। ड्रोनबाट वनजङ्गलको निगरानी गर्न थालेपछि काठ, दाउरा, नदीजन्य […]
जाने भान्छा नै बन्न सक्छ औषधालय
आजकल चिकित्सकहरूले एकै स्वरमा भन्न थालेका छन्, “आधुनिकताका नाममा बिर्सिंदै गएका हाम्रा परम्परागत अन्न र रैथाने खाद्यबाली नै आजकालका डरलाग्दा रोग निदानका आधार हुन सक्छन्।” हुन त सचेत नागरिकले पनि मधुमेह, उच्च रक्तचाप, मोटोपन, क्यान्सर, थाइराइड, हृदयाघातलगायत ‘साइलेन्ट किलर’ भनिएका रोगका कारण आधुनिक जीवनशैली हो भन्ने कुरा बुझ्दै गएका छन्। काठमाडौँको जडीबुटी नरेफाँट […]
विदेश त्यागेर गोलभेँडा खेतीमा रमेका कमल
आजभोलि प्रायःजसो युवाहरू आकर्षक रोजगारीका लागि विदेशिन लालायीत हुन्छन्। तर पाँचथरको याङवरक गाउँपालिका–६ रमितेका कमल तिम्सिना विदेश जाने सपना त्यागेर गाउँमै गोलभेँडा फलाइरहनुभएको छ। गोलभेँडा उत्पादनबाट तिम्सिनाको परिवारले मनग्य आम्दानी पनि गर्दै आएको छ। तिम्सिनाको दैनिकी आजभोलि सदाभन्दा केही फरक छ। बारीमा लटरम्म पाकेका गोलभेँडा टिपेर बाटोसम्म पुर्याउन उहाँको परिवारलाई भ्याइनभ्याइ छ। बीस […]
जब २०० जनाले प्रधानमन्त्रीको हातबाट लालपुर्जा पाए
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्नुभएको छ। भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा आयोजित २८ असारमा आयोजित कार्यक्रममा सो पालिकाका २०० जनालाई उहाँले जग्गाधनी पुर्जा वितरण भएको हो। प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीले धनी पूर्जा पाउनु खुसीको कुरा […]
बैतडीमा जीप दुर्घटनाः २ को मृत्यु, ६ घाइते
बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम […]
सीताको नाममा प्रचण्डको एक दिन मानवसेवा आश्रममा
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी दिवङ्गत श्रीमती सीता दाहालको दोस्रो स्मृति दिवसका दिन मानवसेवा आश्रम काठमाडौँको रानीवन सेवा केन्द्रमा पुगेर जीवनसाथी दाहाललाई स्मरण गर्नुभएको छ। उहाँले पत्नी सीताको स्मृतिलाई दिगो राख्न र सबैलाई यस्तो कार्यले प्रेरणा मिलोस् भन्ने उद्देश्यले आश्रममा आश्रितहरूका साथमा यस दिनलाई समर्पण गरेको […]
अनुमतिबेगर ड्रोन उड्याउने टेकस्पायर कलेजका शिक्षक विद्यार्थी पक्राउ
सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वर, सुवर्णमार्गस्थित टेकस्पायर कलेजका प्राध्यापक एवं कोर्स को–अर्डिनेटर विजयबाबु रेग्मी, सोही कलेजका विद्यार्थीहरू समन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताव रेजा रहेका छन्। उहाँले […]