‘एसियन हाइवे’ निर्माणले गति लिँदै

बेलबारी(मोरङ), २५ माघ : सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको छ । एसियन राजमार्ग नम्बर २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक […]

पोखरा–मुग्लिन आयोजना : पोखरा–जामुने खण्डमा २८ किमी कालोपत्र

गण्डकी, १७ माघ : पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म २८.५२ किमी सडक कालोपत्र भएको छ । आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार उक्त खण्डमा अब १०.३६ किमी सडक कालोपत्र हुन बाँकी छ । “तनहुँमा साढे दुई किमी कालोपत्र हुन बाँकी छ, कास्की खण्डमा पनि अहिले धमाधम कालोपत्र भइरहेको छ”, उहाँले भन्नुभयो, “आगामी वर्षभित्र काम […]

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

काठमाडौँ, ११ माघः प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ‘ब्रेक थ्रू’ भएको छ ।   ‘ब्रेक थ्रू’ भएसँगै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक हजार एक सय २६ मिटर सुरुङमार्ग छिचोलिने काम सम्पन्न भएको छ ।   प्रधानमन्त्री ओलीको विशेष उपस्थितिमा आज […]

हुम्लामा औषधि अभाव, बिरामी मर्कामा

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकामा यतिबेला औषधिको अभाव भएको छ । गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधिको अभाव भएको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका छन् ।   गाउँपालिकामा रहेका चारवटा स्वास्थ्यचौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र, छ वटा आधारभूत स्वास्थ्य एकाइमा […]

लण्डनमा गुन्जियो कन्दरा

बेलायत, २२ पुस : ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत पोखरेली व्याण्ड कन्दराले लन्डनमा पहिलो कन्सर्ट गरेको छ ।     शनिबार विश्वप्रतिष्ठित इण्डिगो एट द ओटुमा २५ सयभन्दा बढी दर्शकको उपस्थितिमा कन्दराले आफ्नो ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको हो । कन्दरा ब्याण्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा स्टेजमै आफ्नो वार्षिकोत्सव मनाएको थियो । कन्दराले ओटु साँझलाई […]

हुलाक सेवाको पुनःसंरचनामा सचिव अर्यालको जोड

काठमाडौँ, २१ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिको पहुँच नभएका ग्रामीण भेगमा सरकार र जनतालाई जोड्ने भरपर्दाे माध्यम हुलाक सेवा भएको बताउनुभएको छ ।   उपत्यकाव्यापी अन्तर–सामुदायिक विद्यालयस्तरीय वादविवाद प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै उहाँले तीन वटै तहका सरकारबीच समन्वय गरी हुलाक सेवा पुनःसंरचना गरी अझ प्रभावकारी बनाउन आवश्यक भएको बताउनुभयो […]

साम्बाका आमाबुबा भन्छन्– हाम्रो आँखा छलेर फुटबल खेल्थिन्

लमजुङ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खम्बा मानिएकी साबित्रा भण्डारी ‘साम्बा’ यतिवेला काठमाडौंमा साफ च्याम्पियनसिप प्रतियोगिताको फाइनलका लागि व्यस्त छिन्। उनी नेपालकी मात्र नभई दक्षिण एसियाकै चर्चित महिला फुटबल खेलाडी हुन्। गोल गर्ने उत्कृष्ट कला, ‘सेलिब्रेसन’ गर्ने शैली अनि ‘हेयर स्टाइल’ले   ‘साम्बा’ अरू नेपाली खेलाडीभन्दा बढीजसो चर्चामा छिन्। हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै […]

अन्नपूर्ण आधार शिविर पदमार्गमा संरचना अभाव

म्याग्दी । तीन वर्ष अघिसम्म सुनसान देखिने म्याग्दीको प्रथम अन्नपूर्ण आधार शिविर पदमार्गमा अहिले दैनिक तीन सय बढी पर्यटक ओहोरदोहोर गर्न थालेपछि भौतिक संरचनाको अभाव भएको छ ।   अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने प्रथम अन्नपूर्ण हिमालको आधार शिविरसम्म जाने र फर्कने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएपछि मौजुदा संरचना अपुग भएका र थप संरचनाको आवश्यकता भएको […]

अब सरकारी अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गर्नुभएकाे छ ।   आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पाैडेलले सरकारी अस्पतालहरुमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गर्नुभएकाे हाे । याेसँगै कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा […]

लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान देशव्यापी रुपमा सञ्चालन गर्न दिनुभएकाे छ।   प्रधानमन्त्री ओलीले बिहीबार साँझ एक सन्देश जारी गर्दै लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियानलाई हप्ताको एक पटक सञ्चालन गर्न सम्बन्धीत निकायहरुलाई निर्देशन दिनुभएकाे हाे । उहाँले भन्नुभयाे, ‘डेङ्गु सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजनन […]