चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी

(रासस) : बहुउपयोगी चिउरीका बिरुवा संरक्षण हुन नसक्दा चितवनका किसानले पर्याप्त मात्रामा मह उत्पादन गर्न सकिरहेका छैनन् ।     चितवनको कालिका नगरपालिकाको वडा नं ९, १० र ११ का सामुदायिक वनमा चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी आएको हो ।   कालिका–११ का वडाध्यक्ष कृष्णबहादुर प्रजा पशुचौपाया छाडा छोड्दा, डढेलो लगाउँदा तथा बर्सेनि […]

भूमि बैंक सञ्चालन ; स्थानीय तह तयारी अवस्थामा, मन्त्रालय नियमावलीको पर्खाइमा

(रासस) : भूमि बैंक सञ्चालनका लागि स्थानीय तहले इच्छा देखाएका छन् । गत आर्थिक वर्षदेखि नै तीन तहकै सरकारको समन्वयमा भूमि बैंक सञ्चालन गर्ने भने पनि पछिल्लो समय मात्र यसबारे स्थानीय तहले इच्छा दखाएका हुन् ।   यसका लागि अहिलेसम्म ३० स्थानीय तहले इच्छा देखाएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनकारी गराएको छ […]

नेपालबाट घ्यू निर्यात

नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित ६० हजार लिटर घ्यू यस वर्ष निर्यात भएको छ ।     आर्थिक वर्ष २०७७/७८ मा दक्षिण कोरिया, जापान र अष्ट्रेलियामा सो घ्यू निर्यात भएको आयोजना प्रमुख नरेश जोशीले जानकारी दिनुभएको छ । हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित उक्त आयोजनाबाट आधा लिटरको बट्टामा विसं […]

म्याग्दीमा इटालियन स्याउका बिरुवा

म्याग्दीकोे धवलागिरि गाउँपालिका– १ गुर्जामा लगाउन ल्याइएका उच्च घनत्व जातका इटालियन स्याउका बिरुवा । गुर्जामा पहिलो पटक इटालियन स्याउ खेती शुरु गरिएको छ ।     तस्बिर ः धु्रबसागर शर्मा÷रासस

बङ्गलादेशबाट ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुग्यो

बङ्गलादेशबाट खरीद गरिएको  नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो ।   जिटुजी सम्झौता अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये बाँकी रहेको पाँच हजार मेट्रिक टन युरिया […]

जुजु धौ बनाउने प्रकृया

जुजु धौ परम्परागत शैलीबाट बनाउने गरिन्छ । जुजु धौ तयार गर्न सबैभन्दा पहिले दही बनाउने स्थानमा आवश्यकताअनुसार भुस बिछ्याइन्छ । जुजु धौ बनाउन दूधलाई बाक्लो हुने गरी राम्रोसँग चलाउँदै उमाल्नुु पर्दछ । दूध उमाल्दा कम्तिमा ४० लिटर दूधलाई ३० लिटर हुने गरी उमाल्नु पर्ने व्यवसायीहरु बताउँछन् । उमाल्न पुगेपछि भूसमाथि राखेको माटोको कतरामा पहिले आधा […]

उन्नत जातका ब्याड बोका वितरण

खाद्य तथा पोषण सुरक्षा आयोजना कलष्टर एकाइले मासुको उत्पादन बढाउनका लागि व्यावसायिक कृषक समूहलाई अनुदानमा उन्नत जातका ब्याड बोका वितरण गरेको छ । एकाइले दुई स्थानीय तहलाई मल्टिप्लाई हर्ड स्थापना गर्ने कार्यक्रमअन्तर्गत उन्नत जातका ब्याड बोका वितरण गरेको कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत दुर्गाप्रसाद पण्डितले जानकारी दिनुभयो । एकाइले गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित हुडीखोला कृषक […]

बाँदर लाई जङ्गलमा नै फलफूल खेती

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्ने उद्देश्यले तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक सामुदायिक वनमा फलफूल खेती शुरु गरिएको छ । बाँदर आतङ्क रहेको यस ठाउँमा बाँदरलाई जङ्गलमै भुलाउन विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपण शुरु गरिएको हो ।   डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा नमूना फलफूल वन स्थापना गर्ने उद्देश्यले फलफूलका बिरुवा रोपिएको हो । म्याग्दे गाउँपालिकाका […]

हाइब्रिड रामपुर–१०: भारतीय हाइब्रिड मकैभन्दा वढी नै उत्पादन

बाँके, १८ वैशाख- थारै जमिनमा उच्च प्रतिफल दिने उच्चजात (हाइब्रिड)का मकैका बीउ जिल्लामा उत्पादन शुरुआत भएको छ। रामपुर–१० जातको बीउ उत्पादन शुरु भएको गेट नेपालले जनाएको छ। सो संस्थाका प्रमुख टिकाराम उपाध्यायले धेरै उत्पादन हुने रामपुर–१० जातको मकैका बीउ उत्पादन शुरु भएको बताउनुभयो।  धान, गहुँ, मकै, मुसुरो, मुङ र तरकारीखेतीमा काम गर्दै आएको सो संस्थाले […]

चिया निर्यात बढ्यो तर स्वदेशमा खपत कम; वार्षिक २०० ग्राम प्रति व्यक्ति मात्र

काठमाडौँ, १७ वैशाख – ‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने नाराका साथ  वैशाख १६ गते २५औँ राष्ट्रिय चिया दिवस मनाइएको छ। मुलुकको अर्थतन्त्रलाई उठाउनका लागि चियाले भूमिका निर्वाह गर्दै आएता पनि यो वर्ष कोरोना भाइरसको महामारीका कारण औपचारिक रूपमा दिवस मनाउन भने सकिएन। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड नेपालका […]