एभोकाडो महोत्सव

कीकृत व्यापार रणनीतिमा समावेश अलैंची, अदुवा, अल्लो, ओलन, अकबरे लगायतका १९ प्रकारका कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी गरिने



एभोकाडो तथा धनकुटा महोत्सव शुक्रबारदेखि सुरु हुँदैछ । महोत्सव आगामी माघ १६ गतेसम्म सञ्चालन हुने आयोजक उद्योग वाणिज्य संघ धनकुटाले जनाएको छ ।

 

धनकुटा नगरपालिकाले यसअघि आयोजना गर्दै आएको एभोकाडो महोत्सवसहित प्रादेशिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् पाचौं धनकुटा महोत्सव आयोजना गरिने वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।

 

महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने भनिए पनि राष्ट्रिय राजनीतिक घटनाक्रमका कारण उनी आउन नसक्ने भएकोले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईबाट हुने आयोजकले जनाएको छ ।

 

महोत्सवमा १ सय ८२ स्टल रहने छ । जसमध्ये १ सय ३७ स्टल कृषि प्रदर्शनी स्टल रहने आयोजकले जनाएको छ। प्रत्येक दिन राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारको साथमा सांगितिक प्रस्तुति रहने छ ।

Comments Box