गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । अपराह्न १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तय भएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ । अधिकारीले गठबन्धनका तर्फबाट ३३ सांसदको समर्थनसहित […]
एकमात्र निर्वाचित संसद निलम्वन; प्रतिनिधि सभामा मनाङबाट प्रतीनिधित्व शुन्य
भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङ मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट निर्वाचित भएका थिए । मनाङबाट निर्वाचित एक मात्र संसद निलम्बन भए पछी प्रतीनिधि सभामा मनाङबाट प्रतीनिधित्व नहुने भएको छ । […]
गण्डकीमा सांसदको शपथ पुस १४ मा
गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ ग्रहण गराइने भएको छ । पोखरा नदिपुरस्थित प्रदेशसभा हलमा कक्षमा पुस १४ गते शपथ ग्रहणको कार्यक्रम रहेको प्रदेश सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए । शपथ ग्रहण गर्न आउँदा निर्वाचन आयोगले प्रदेशसभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र दुईप्रति फोटो पनि बोकेर आउन भनिएको […]
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा कमी
पुस ६ गते । नदीमा बहाव कम भएसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा कमी आएको छ । मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी भएकाले चिसो मौसममा घामको तापक्रम घट्ने हुँदा हिमाल कम पग्लने र जाडोयाममा वर्षा पनि कम हुने भएकाले उत्पादन घटेको केन्द्रका इन्जिनियर जगदीश ढुङ्गानाले जानकारी दिनुभयो । चैत अन्तिमसम्म उत्पादन घट्दै जाने […]
वर्षौ देखी ठप्प गोरखाका उत्तरी नाका; आश्वसनको पोको मात्र आयो, नाका भने खुलेन
कोरोना महामारी सुरु भएयता गोरखामा पर्ने चुमनुव्री–१ सामागाउँको रुइला र वडा ७ को छेकम्पारको ङुइला नाका चीनले बन्द गर्यो । २०७९ कार्तिक २७ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले निर्वाचनपछि बन्ने सरकारले लामो समयदेखि बन्द रहेको तिब्बतसँग जोडिएको गोरखाको नाका खुलाउन पहल गर्ने बताएका थिए। उत्तरी गोरखाको छेकम्पार, सामागाउँ र सिर्दिवास पुगेर उनले तिब्बतसँग […]
नगरपालिकाका उपप्रमुख सहित ८ जनाबिरुद्ध जाहेरी दर्ता; चम्पावती हाइड्रोले माग्यो ३० करोड क्षतिपूर्ति
चेपे ए जलविद्युत् आयोजनाको कार्यालय तथा सवारीसाधन तोडफोड र आगजनी गर्नेबिरुद्ध ३० करोड रुपैयाँ क्षतिपूर्ति मागदाबी गर्दै चम्पावती हाइड्रोपावर कम्पनीले जिल्ला प्रहरी कार्यालय गोरखामा किटानी जाहेरी दिएको छ। तोडफोड र आगजनीको नेतृत्व गरेको भन्दै राइनासटार नगरपालिकाका उपप्रमुख पुष्पराज खनाल र श्रीकृष्ण पौडेलसहित ८ जनाबिरुद्ध सो कम्पनीका इञ्जिनियर हरिकृष्ण पौडेलले सोमबार जाहेरी दर्ता गराएका हुन्। […]
गण्डकी प्रदेश सभामा एमाले : यी हुन् समानुपातिक सांसद (सूचीसहित)
नेकपा एमालेले प्रदेश समानुपातिकतर्फको सांसद चयन गरेको छ। शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सबै प्रदेशसभातर्फको समानुपातिकतर्फको सांसद छानेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। उनका अनुसार गण्डकीमा १० सांसद चयन भएका छन्। हेर्नुहोस् सूची – यसोदा रिमाल, देवका पहारी त्रिपाठी, कृष्णप्रसाद पाठक, प्रकाश केसी, विना थापा, निर्मला थापा, राजकुमारी भुजेल, […]
सुन्दर नार गाउँ
मनाङको नार्पाभुमी गाउँपालिकामा पर्ने रहस्यमय नार गाउं। यो ठाउँ करिब ३० वर्षअघि सम्म स्थानिय वाहेक लाई (पर्यटकका लागि समेत) प्रतिबन्धित क्षेत्र थियो। यस ठाउँ पुगेका हरु भन्छन्, “पैदल हिडेर नार गाउँ पुग्न त कठिन छ , तर यहाँ पुगेपछि धर्तीमा स्वर्ग छ भन्ने अनुभूति हुन्छ”।
तनहुँ –१ मा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पौडेले एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् । पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा रानाले १९ हजार ९४३ मत ल्याए । स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय […]
गण्डकी प्रदेश सभामा काङ्रेस ; गोरखा-१ प्रदेश सभा (ख) मा नन्दप्रसाद विजयी
गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (ख) मा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी भएका छन्। यहाँ २९ हजार ६ सय ८६ मत खसेको थियो। न्यौपानेले १६ हजार २ सय ६० मत ल्याएर निर्वाचित भएका हुन्। यहाँ नेकपा एमालेका मोहनप्रसाद भट्टराई पराजित भए। भट्टराईले ७५३३ मत ल्याएका छन्। […]