मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा कमी

नेपालले इन्डियन इनर्जी एक्स्चेन्ज’ (आईईएक्स) मा बिजुली बेच्नका लागि गतवर्ष कात्तिकमा अनुमति पाएको थियो ।



पुस ६ गते ।  नदीमा बहाव कम भएसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा कमी आएको छ । मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी भएकाले चिसो मौसममा घामको तापक्रम घट्ने हुँदा हिमाल कम पग्लने र जाडोयाममा वर्षा पनि कम हुने भएकाले उत्पादन घटेको केन्द्रका इन्जिनियर जगदीश ढुङ्गानाले जानकारी दिनुभयो ।

 

चैत अन्तिमसम्म उत्पादन घट्दै जाने र त्यसपछि वायुमण्डलको तापक्रम बढेर हिमाल धेरै पग्लिने हुँदा पानीको बहाव बढी विद्युत् उत्पादन वृद्धि हुने गर्छ । वैशाखपछि घामको तापक्रम बढ्ने हुँदा हिउँ धेरै पग्लने र बर्सात हुन थाल्ने भएकाले उत्पादन बढ्ने इन्जिनियर ढुङ्गाना बताउनुहुन्छ । उहाँका अनुसार हाल पानी कम हुँदा ६९ मेगावाट क्षमताको केन्द्रबाट घटेर दिउँसो ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन भएको छ । “नदीमा पानीको मात्रा आधा कम भएकाले उत्पादन पनि सोहीअनुसार घटेको छ,” उहाँले भन्नुभयो ।

 

सुक्खा मौसममा विद्युत् उत्पादन कम हुँदा भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता छ । साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कीमा जम्मा गरेर लैजाने गरिएको र साँझबिहान भने पूर्ण क्षमतामै उत्पादन हुने गरेको केन्द्रका प्रमुख बद्री फुयाँलले जानकारी दिनुभयो ।

 

विद्युत्को माग साँझ ५ बजेदेखि १० बजेसम्म र बिहान ५ बजेदेखि १० बजे बढी हुने भएकाले थुनेर राखेको पानीलाई छाडेर पूरा क्षमता अर्थात् ६९ मेगावाट नै उत्पादन गरिएको उहाँले बताउनुभयो । “विद्युत्को माग धेरै भएको समयमा तीनवटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमताअनुरूपको ६९ मेगावाट विद्युत् उत्पादन गर्छौं,” उहाँले भन्नुभयो ।

 

चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घढेसँगै विद्युत् उत्पादन पनि घट्ने गरेको केन्द्रले जनाएको छ । यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।


२५ जेष्ठ २०७९, बुधबार

मर्स्याङ्दीको बिजुली भारतमा

नेपालले मंगलबार रातिदेखि मर्स्याङ्दी जलविद्युत् आयोजनाको बिजुली पनि भारतमा बेच्न थालेको छ । मर्स्याङ्दीसहित विभिन्न ४ वटा आयोजनाबाट ५६ सय मेगावाट आवर (करिब २ सय ३४ मेगावाट) बिजुली भारतमा बेचिरहेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराइले जानकारी दिए ।

 

त्यस्तै, बिहीबारबाट मध्यमर्स्याङ्दी आयोजनाको बिजुली पनि भारतमा बेच्नका लागि आज बोलकबोलमा भाग लिन लागिएको उनको भनाइ छ ।

 

र यो पनि पढ्नुहोस ... 

नेपालको विजुली सस्तोमा किन्न भारतको हत्कण्डा; बाङ्गालादेश बेच्न नदिने खेल !

 

 

यसअघि नेपालले गत शनिबार रातिदेखि कालीगण्डकी आयोजनाको १४० मेगावाटसहित कुल १७७.७ मेगावाट बिजुली भारत निर्यात गर्ने थालिसकेको थियो । मर्स्याङ्दी थपिएसँगै करिब २ सय ३४ मेगावाट बिजुली भारत जान थालेको हो ।

 

र यो पनि पढ्नुहोस ... 

देशभित्रै विद्युत् खपत गर्ने यस्तो छ प्राधिकरणको तयारी

 

नेपालले इन्डियन इनर्जी एक्स्चेन्ज’ (आईईएक्स) मा बिजुली बेच्नका लागि गतवर्ष कात्तिकमा अनुमति पाएको थियो । गतवर्ष त्रिशूली र देवीघाट जलविद्यु्त् आयोजनाको मात्रै बिजुली भारतले किनेकोमा अहिले मर्स्याङ्दी, मध्यमर्स्याङ्दी, कालीगण्डकी र लिखुसमेत गरी कुल ३६४ मेगावाट बिजुली किन्नका भारतले सहमति दिएको छ । लिखुको बिजुली बेच्नका लागि नेपालले अनुमति पाएको भए पनि बेच्न भने थालिसकेको छैन ।

 

नेपालले बिजुली बेच्न प्रस्ताव गरेका अरु तीन आयोजना माथिल्लो तामाकोसी, माथिल्लो भोटेकोसी र चमेलियाको बिजुली किन्नका लागि भने भारतले हालसम्म स्वीकृति दिएको छैन ।

Comments Box